सगरमाथा लोकमार्ग अन्तरगत फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का रद्द गर्ने उच्च अदालतको फैसला

  • प्रकाशित मितिः आश्विन १२, २०८०
  • 822 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–सगरमाथा लोकमार्ग (गाइघाट–दिक्तेल) सडक अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक खण्डको कालोपत्रेको ठेक्का तोड्ने सडक आयोजनाको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले काम अलपत्र परेपछि गाइघाट–दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो ।
उच्च अदालत पाटनका न्यायधिस टेकप्रसाद ढुङ्गाना र गोकर्ण डाँगीको संयुक्त इजलासले असोज १० गते खारेज गर्ने फैसला सुनाएको हो । यसले अर्को टेण्डर खुलाउँने बाटो खुलेको गाइघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । अर्को टेण्डर गरेर कालोपत्रे गर्ने क्रममा लाग्ने खर्च निर्माण व्यवसायीले बेहोर्नुपर्ने भएकाले निर्माण कम्पनीले आयोजनाको ठेक्का तोड्ने निर्णय विरुद्ध २०७९ पुस १९ गते उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दा दायरपछि उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्नु भनी २०७९ माघ ४ गते अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने आयोजनाले गरेको निर्णयको पक्षमा भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित