डिएसपी विरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखेको भन्दै पक्राउ

  • प्रकाशित मितिः आश्विन ८, २०८०
  • 323 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ८ –जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्कालाई सामाजिक सञ्जालमा अपशब्द लेखेको भन्दै किरात राई विद्यार्थी संघ खोटाङका पूर्व अध्यक्ष दिपक राई असोज ८ गते विहान पक्राउ परेका छन् । गत असोज ४ गते कोसी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई कालो झण्डा देखाउँने क्रममा खड्काले लाठी चार्ज गरेको विषयलाई लिएर राईले सामाजिक सञ्जालमा अपशब्द लेखेकाले पक्राउ गरिएको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारका अनुसार सामाजिक सञ्जालमा धुनचती लेखेकाले सबक सिकाइरहेको बताए । ‘यो भाइ मसंगै छ, सामाजिक सञ्जाल फेसबुकमा धुनधान लेखेछ, सवक सिकाइदै छ ।’ प्रजिअ सुनारले भने–‘एक चोटीका लागि माफ दिनुपर्ला ।’
डिएसपीले पहिचान पक्षधरहरुलाई नियतबस फसाउँन खोजिरहेकाले यस विरुद्ध निर्णायक आन्दोलन गर्नु पर्ने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले बताए । ‘माझ किरात खोटाङमा नियतबस पहिचानवादीहरुलाई फसाउँन खोजिरहेको छ ।’ किरातीले भने–‘पहिचान विरोधी गतिविधि किमार्थ सह्य हुने छैन, यसको विरुद्ध निर्णायक आन्दोलन गर्छौं ।’
असोज ४ गतेका दिन प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै जिल्लास्थित गठबन्धन दलका प्रमुख तथा प्रतिनिधिहरुले विज्ञप्ती मार्फत र प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले ज्ञापन पत्र बुझाएर विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित