बानी सुधार गरौं

  • प्रकाशित मितिः माघ 7, 2075
  • 238 पटक पढिएको
  • संवादताता

धनिराम राई-

सकारात्मक सोच, नियमित शारिरीक अभ्यास, स्वस्थ र सन्तुलित खानपान र सरसफाइमा ध्यान पु¥याउ“न सके हत्तपत्त अस्पताल धाउन पर्दैन । स्वस्थ र निरोगी नागरिकले राष्ट्रिय योगदानमा सहयोग गर्न सक्छ ।

‘यो मान्छे वडो धनी वाउको छोरो रहेछ । उ अलि अलि डढेको भात खा“दैन’ एक जना दक्षिण कोरियाको नागरिक आफ्नो नेपाली कामदार लाई देखाउदै पटक पटक पटक सबैलाई कोरियन भाषामा सुनाउ“छन् । भएको के रहेछ भने मेरा एक जना भान्जा दक्षिण कोरियाको एउटा स्टोरमा काम गर्छन । एक दिन उसको भागमा अलिक डढेको भात परेछ । उसले ‘म त यो डढेको भात खान्न’ भनिदिएछन् । उसलाई काम लगाउने ती कोरियालीले रिसाउदै ‘खानेकुरा फाल्न हुन्न’ सबै सिनित्तै पारेर खानुपर्छ’ भने छन् ।
राष्ट्रिय सेवा दल (एनसीसी) को २१ दिने तालिमको सिलसिलामा सरस्वती मावि दिक्तेलका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थीहरु लिएर मोरङ जिल्लाको एनसीसी तालिम क्याम्प याङ्सिलामा समन्वय शिक्षकको रुपमा जाने सुअवसर मिल्यो । २०७५ साल मङ्सिर २४ गतेदेखि पुस १५ सम्मको उक्त बसाइमा धेरै कुरा देख्ने, जानकारी लिने र सिक्ने मौका मिल्यो । त्यहा“ गएपछि मात्र एनसीसी के रहेछ भन्ने बुझियो । कुनै पनि चिज बुझेपछि मात्र त्यसको महत्व वा फाइदा र बेफाइदाबारे जानकारी हुन्छ । नबुझेसम्म त बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड नै हुन्छ । त्यहा“ बस्दाका धेरै चिजहरुमध्ये मलाई दिमागमा नबिर्सने गरी गडेर बसेको चिज भनेको मेरो नया“ पहिचान थियो । ५४० जना विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरुलाई एकैपटक खाना खाने तरिकालाई याद गरिरहेका रहेछन् । उनीहरुले आपसमा कुरा गरेको सुने । भन्दौ हुनुहुन्थ्यो–‘उहा“को खाना खुवाइ साह«ै राम्रो, एकै सिता भात बा“की नराखी सिनित्तै पारेर खानुहुदो रहेछ ।’ हुन पनि त्यस क्याम्पसका क्याप्टेनले गएकै दिन विद्यार्थीहरुलाई खाना नफाल्ने कडा निर्देशन दिएका थिए । यसबाट प्रष्टै हुन्थ्यो कि विद्यार्थीहरुले खानेकुरा खेर फालेर हैरान पारेका छन् ।
त्यहा“ छात्र र छात्रा बस्ने बेग्लाबेग्लै निवास छ । विद्यार्थीका अभिभावक र शिक्षक बस्ने भवन पनि छुट्टै छ । छात्र, निवासमा छात्रा र छात्रा निवासमा छात्र जान नपाउने नियम छ । प्रत्यक विद्यार्थीलाई एक थाल र एक गिलास दिइएको हुन्छ । आ–आफ्नो थाल लिएर खाना थाप्न जानु पर्छ र खाना खाइसकेपछि आफ्नो थाल र गिलास आफैं सफा गरी आफैसंग राख्नु पर्छ । खाना खाइसकेपछि थाल सफा गर्ने ठाउ“मा धेरैवटा धाराहरु, भाडा सफा गर्ने साबुन र झुस राखिएको हुन्छ । उब्रिएका खानेकुराहरु राख्ने भाडा राखिएको छ । तर सबै कुराको व्यवस्था गरी निर्देशन समेत पाएर पनि धाराभरि धेरै धेरै मात्रामा खाने कुरा फालेको देख्दा हामी नेपालीसंग साह«ै घटिया बानी रहेछ भन्ने लाग्यो । विद्यार्थीहरुको काम गराई हेर्दा प्रष्टै थाहा हुनसक्छ कि हाम्रा नानी बाबुहरुले घरमा व्यवहारिक ज्ञान केही सिकेका छैनन्, न त उनीहले विद्यालयमा शिक्षकहरुबाटै सिकेका छन् ।
यो नसिकाउने र नसिक्ने क्रम झनै तिब्रतर बनेको देखिन्छ । मैले यो भयाबहस्थितिको दोष छोराछोरी र विद्यार्थीहरुमा जादैन, हामी अहिलेको केटाकेटीहरु साह«ै विगे्र भनेर दोष उनीहरुमाथि थोपरी आफू (अभिभावक र शिक्षक) पन्छिन खोज्दछौं । जसरी जानी–जानी माफियाहरुसंग मिलेर विद्युत चुहावट गरी देशमा अठार–अठार घण्टा लोडसेडिङ गर्ने बानीमा सुधार गर्दा लोडसेडिङको अन्त्य भइ ‘वाह’ कुलमान घिसिङ तपाईलाई साधुवाद छ’ भनेर आज प्रत्येक नेपालीले भनिरहेका छन् । त्यस्ता धेरै बानीहरुमा सुधार मात्र गर्दा पनि राष्ट्रिय योगदान पुग्न सक्ने धेरै कुराहरु छन् । केही सुधार गर्नु पर्ने खराव बानीहरुको चर्चा यहा“ प्रतिनिधि उदाहरणको रुपमा चर्चा गरिन्छ ।
१) सोच्ने बानी : सबै भन्दा मुख्य र महत्वपूर्ण बानी सोच्ने बानी हो । हामी नेपालीहरु गलत परम्परा, धर्म संस्कार र संस्कृतिमा हुर्कदै आएकोले हामी मान्छे मान्छेमा भेद देख्छौं । उच–निच, सानो–ठूलो, धनि–गरिव, ठूलो जात, सानो जात, ठूलो पद, सानो पद आदिजस्ता विभेदकारी गलत सोचमा परिवर्तन गरी सबै मान्छे समान हो भन्ने सोच्नु पर्छ । यस्तै गरेर धन सम्पत्तिमा सुख खोज्ने र त्यसकैपछि लाग्ने हाम्रो सोचमा परिवर्तन गरी शान्ति, सुख र आनन्द भित्री आत्ममा खोज्ने बानीको विकास गर्नु पर्छ ।
२) काम ठूलो सानो देख्ने बानी : भारी बोक्ने, खेतबारीमा खन्ने जोतने, घर आदि बनाउदा गर्नुपर्ने कामहरु, जस्ता अनेक शारीरिक काम गर्दा इज्जतै जान्छ जस्तो सोच हामीमा छ । कृषिजन्य चिजविजहरु बजार लगी बेच्ने सानो र पैसाले किनेर खाने ठूलो, कार्यलयमा दर्ता चलानी गर्ने र टिप्पणी र चिठी तयार गर्ने सानो, त्यस चिठी पत्रमा तोक लगाउने ठूलो ठान्ने खराब बानीमा सुधार गरी काम फरक हुन सक्छ । तर ठूलो सानो हुदैन भन्नेकुरा बुझ्नुपर्छ ।
३) पानी प्रयोग गर्ने बानी : धाराको पानी प्रयोग गर्ने बानी हामीमा छैन । प्रयोग गरीसकेपछि धारा बन्द गर्ने, हिफाजत गरी पानी प्रयोग गरे त्यसबाट बेचेको पानी अरुले उपयोग गर्न पाउ“छन् । पाइप बाट जोडेको पानी यदि मीटर राखिएको छैनभने हाम्रो पानी टयङ्की भरिए पनि हाम्रो पानी बन्द गर्ने बानी छैन । जतिसुकै खेर गए पनि वास्ता नगर्ने बानी छ हाम्रो प्रत्यक घर घरमा र विद्यालयमा प्रत्यक पल्ट धाराको पानीले हात मुख धुंदा होस वा अन्य अव्शथामा पानी नचलाएको अवस्थामा धारा बन्द गर्दै पानी चलाउने बानीको विकास गराउन“पर्छ ।
४) विद्युत प्रयोग गर्ने बानी : सरकारी कार्यलयहरु,सार्वजनिक स्थलहरु र भाडामा बसेका घर वा कोठामा दिउसो पनि बत्ती अफ् गर्ने हाम्रो बानी छैन र रातको समयमा पनि सुतेको समयमा वा कोठामा कोही नभएको र कोठा बाहिर गएको अवस्थामा बत्ति अफ गर्ने बानीको बिकास गर्नुपर्छ ताकि हामीले बचांउन सहयोग गरेको विद्युत शक्ति अन्य काममा उपयोग हुनसक्छ । 
५)विसर्जनजन्य चिजहरु जहापायो त्यहि फाल्ने बानी : श्री सरस्वती मा.वि.का. शिक्षक काजी खतिवडा सरको अनुसार सिक्किम भारतमा साना नानी बाबुहरु उनीहरुले फाल्नुपर्ने चिजहरु फाल्ने ठाउ“ देखेनन् भने अभिभावक र शिक्षकहरुलाई कहा“ फँल्ने भनेर सोध्दछन् जथाभावि फाल्दैनन् । हामी नेपालीको भने त्यसको ठीक विपरित बानी छ । जहा“ पायो त्यहि थुक्ने, सिंगान फाल्ने र पुछ्ने र जहा“ पायो त्यहि फाल्ने बानी छ । सार्वजनिक स्थानमा चुरोट तान्दै गयो अनि त्यसको ठुटो कोठा, चोटा, बाटोघाटो, धारा कुवा, वनज¨ल जहा पायो त्यहि पाल्छौं । यसले गर्दा फोहोर मैला, वातावरण प्रदुषण र आगलागि जस्ता घट्नाहरु समेत हुने गर्छ । चकलेट र चाउचाउको खोल, वियर र रक्सीका बोत्तल, सिमेन्ट, चामल, चिनी आदिका बोराहरु जहा“ पायो त्यहि फाल्ने खराव बानी छ ,हामीमा यी खराब बानीमा सुधार गर्नुपर्छ । 
६) रुख बिरुवा काट्ने बानी : रुख र बोट बिरुवाहरु हामी प्राणी जगतको लागि कति महत्वपूर्ण छ भन्ने कुरा त उनीहरुबाट पल पल हामीलाई आवश्यक पर्ने अक्सिजनलाई सम्झे पुग्छ । रुखकाट पाईने दाउरा, सेउला, काठ र जडिबुटी पानी आदिको कुरा त छदैछ । यति महत्वपूर्ण चिजलाई जतन गर्दौनौं बरु भएकालाई लापर्वाही गरेर नास पार्दैछांै । प्रत्यक नेपालीले वार्षिक रुपमा केहि बोटबिरुवा रोप्ने र हुर्कउने बानतीको बिकास गर्नुपर्छ ।
७) असल आचारण सिकाउ“ने बानी : अभिभावक र आमाबाबुले घरमा अनि शिक्षकले विद्यालयमा अजका वालवलिकाहरुलाई असल आचार बिचार, बानीबेहोरा सिकाउन सकेको देखिदैन । यहा“ नेर सम्स्थ के चर्को रपमा रहेको छ भने असल कुरा सिकाउने हामी आमाबाबु, अभिभावक र शिक्षक कति असल छौं भन्ने हो । खराब आच।ण भएका आमाबाबु, अभिभावक र शिक्षकबाट बालबालिकामा असल आचरणको बिकास सम्भव हुदैन । अहिलेका छोराछोरी विद्याथीले भनेको मान्दैन काम गर्दैन सत्कार र आदर गर्दैन भनेर दोष उनिहरुमाथि थुर्पाने र हामी आमाबाबु र शिक्षकहरु पन्छिन खाज्दछौं, तर वास्तविक दाषी बालबलिका नभएर हामी अभिभावक, आमाबाबु र शिक्षकहरु हौं । घरमा माया दिने भन्ने नाममा कति माया कसरी दिने भन्ने ज्ञान हामीमा चाहिन्छ । छोराछोरीको अगाडि गाली गलौजका शब्द प्रयोग गर्ने, रक्सी र चुरोट तान्ने उनीहरुलाई आफ्नो काम आफै गर्न प्रोत्साहित नगर्ने, उनीहरुले आफै गर्न खोज्दा पनि ‘तिमी जान्देनौं नगर विग्रन्छ’ भनेर निरुत्साहित गर्ने गरेपछि नत वालालिकाहरु असल आचरण सिक्छन् नत आत्मनिर्भर बन्न जान्दछन् । विद्यालय तह पूरा गर्न लागेका थुप्रै वालवालिकाहरु आफै लुगा धुने, खाना पकाउन, भा“डाकुडा सफा गर्न, गाई वस्तुलाई खुवाउ“न वजारमा गई किनमेल गर्न वा घरको कुरा लगेर बेच्न जान्दैनन् । यस्तै गरेर विद्यालयमा शिक्षकले विद्यालय अक्षर चिन्नेमात्र थलो होइन, असल च।ित्र निर्माण गर्ने स्थान पनि हो, सम्झेर त्यसै खालको नागरिक तयार गर्ने प्रयास र कार्यक्रमहरु गरेको देखिदैन ।
८) स्वास्थ बन्ने बानी : हजारौं डाक्टर र सयौं अस्पताल होइन, स्वस्थ रहने ज्ञानको आवश्यक छ हामीलाई । नेपालीहरु खान नपाएर भन्दा खान नजानेर रोगी भएकाछन् । सकारात्मक सोच, नियमित शारीरिक अभ्यास, स्वस्थ र सन्तुलित खानपान र सरसफाइमा ध्यान पु¥याउन सके हत्तपत्त अस्पताल धाउन पर्दैन । स्वस्थ र निरोगी नागरिकले राष्ट्रिय योगदानमा सहयोग गर्न सक्छ । यस्तै गरेर नेपाली नोटको जतन गर्ने, सार्वजनिक भवन, बाटोघाटो पुलपुलेसा आदिको संरक्षण गर्ने, सफा राख्ने, जस्ता कयांै राम्रा बानीको विकास गरेर राष्ट्रलाई धेरै ठूलो योगदान गर्न सकिन्छ ।
प्रकाशित मिति : २०७५ माघ ७
 

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित