भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्ने उद्यमी महिलाहरुलाई चर्खा र कोरेसो वितरण

  • प्रकाशित मितिः भदौ १३, २०८०
  • 480 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १३–रावाबेसी गाउँपालिकाले हौंचुरको पोखरी, फलाँटे र चाँपखर्क तथा कुभिन्डेको गोपीनीेका उद्यमी महिलाहरुलाई भदौ १३ गते चर्खा र कोरेसो वितरण गरेको छ । भेडाको ऊनबाट राडीपाखी उत्पादन गर्न थप सहयोग पु¥याउँन उद्यमी महिलाहरुलाई चर्खा र कोरेसो उपलब्ध गराएको हो ।
पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायमा सघाउ पु¥याउँने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताइन् । गत आर्थिक वर्ष विनियोजित पाँच लाख बजेटबाट ५० थान चर्खा (धागो कात्ने मेसिन) र एक सय ७० थान कोरेसो (ऊन छोड्याउँने मेसिन) वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताइन् । अब दोश्रो चरणमा भदौ १५ गते रावाबेसी गाउँपालिका–४ डुम्रोधारापानी र वडा नं ५ दुवेकोलका उद्यमी महिलाहरुलाई वितरण गरिने गुरुङले जनाइन् ।
यहाँका गुरुङ समुदायले भेडाको उनबाट राडी, जमट, चकटी, बुस्कोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामग्री निर्माण गर्दै आएका छन् । ‘राडीपाखी व्यवसायलाई थप सहयोग होस् भनेर चर्खा र कोरेसो दिइएको हो ।’–गुरुङले भनिन् ।
धागो कात्ने सामग्री (चर्खा) बनाउँने सीपको अभावले कतिपय महिलाहरु पेशा नै छाड्नुपर्ने अवस्थामा पुगेको गुरुङको भनाई छ । गाउँपालिकाले दिएको कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले पालैपालो चलाउँने गरी उपलब्ध गराइएको गुरुङले बताइन् । राडीपाखी उत्पादन गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई समेत चर्खा र कोरेसो क्रमशः उपलब्ध गराउँदै लैजाने गुरुङको भनाई छ । यसले उनीहरुको जीविको पार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको गुरुङले सुनाइन् ।
जिल्लाको रावाबेसी गाउँपालिकाको हौंचुर पोखरी, चापखर्क, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, जालपा, बुइपा, खार्मी, ऐसेलुखर्क गाउँपालिकाको दिम्मा, बादुङ, केलिासगढी गाउँपालिकाको बाक्सिला लगायतका विभिन्न ठाउँका गुरुङ समुदायका महिलाहरुले पुस्तौंदेखि खाडीपाखी बुन्दै आएका छन् । यसबाहेक राई, भुजेल, मगर समुदायका महिलाहरुले पनि भेडाको ऊनबाट विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । जिल्लामा भेडाको ऊनबाट उत्पादित विभिन्न सामग्री गाउँ, बजार र शहरमा बिक्री हुने गरेको छ । पछिल्लो समय ऊनबाट उत्पादिन बुसकोट, घुमराडी, जमट, चकटी लगायतका सामग्रीको माग बढेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित