आँखा पाक्ने र ज्वरोले विद्यार्थी थलिएपछि थप दुई विद्यालय बन्द

  • प्रकाशित मितिः भदौ ६, २०८०
  • 405 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ६–आँखा पाक्ने, ज्वरो आउँने लगायतका विरामीले विद्यार्थी थलिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई विद्यालय बन्द गरिएको छ । आँखा पाक्ने, ज्वरो आउँने, छाती दुख्ने, खोकी लाग्ने लगायतका विरामीले थलिएपछि दिक्तेलको दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालय र वडा नं १३ स्थित जालपा मावि भदौ ४ देखि ८ गतेसम्म बन्द गरिएको हो। यसका साथै दिक्तेलको सरस्वती मावि र पञ्च मावि बन्द गरिएको छ ।
विद्यार्थी विरामी परेको खबर पाएपछि भदौ ४ गते विद्यालयमै गएर जाँच गर्दा सरस्वती माविका ४० प्रतिशत विद्यार्थीलाई आँखा पाक्ने समस्या देखिएको थियो । त्यस्तै पञ्च माविका अधिकांश विद्यार्थी पनि भाइरल इन्फ्लोइन्जाले विरामी परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए । उनका अनुसार नमूनाका रुपमा कक्षा १० का २८ जनालाई जाँच गर्दा २५ जनालाई ज्वरो आउँने, छाती दुख्ने, खोकी लाग्ने विरामीले सताएको आचार्यले जनाए । कक्षा १० का अन्य ६ जना विरामी सिकिस्त परेर घरमै सुतिरहेको आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित