‘सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण छ’ : प्रधानमन्त्री

  • प्रकाशित मितिः श्रावण २९, २०८०
  • 190 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २९–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन् । पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं ।’ प्रधानमन्त्रीले आफूहरु सहि बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सहि नभएको बताए ।
प्रधानमन्त्रीले आफूहरुको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको बताए । दाहालले भने–‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आफ्ठ्यारोमा छैनौं । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ ।’

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइँमा पुर्याउने बताए । दाहालले भने–‘हामीले फेरि पार्टी बनाउन सक्यौं भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौं । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ ।’ उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निश्कर्ष निकालेको बताए । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उहाँको धारणा थियो । बैठकले ती प्रश्नहरुको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्ने बारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित