नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २९—क्विन्टल सुन तस्करी प्रकरण छानविन सीआइबीले नै गर्नु पर्ने कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ । उच्चस्तरीय छानबिन समिति गठनको माग केही नेताहरूले गरे पनि साउन २९ गते भएको संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकाल्दै सीआइबीबाटै छानविन हुन पर्ने निर्णय गरेको हो ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए । उनले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने बताएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको अर्का महामन्त्री शर्माले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित