‘सरकार आदिवासी समुदायको संरक्षण, संवर्द्धन र विकासमा प्रतिबद्ध छ’ : प्रधानमन्त्री दाहाल

  • प्रकाशित मितिः श्रावण २४, २०८०
  • 289 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २४–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार आदिवासी समुदायको संरक्षण, सम्बद्र्धन र विकासमा प्रतिबद्ध रहेको बताएका छन् । २९ औँ आदिवासी दिवसका अवसरमा साउन २४ गते काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आदिवासी समुदायको भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, सम्बद्र्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका हुन् ।

11
कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले विश्वव्यापीरूपमा देखापरेको आर्थिक संकटबाट प्रभावित भएकाले चाहना हुँदा–हुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न गाह्रो भएको बताएका छन् । तर भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयासमा रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

9 1
प्रधानमन्त्री दाहालले नेपालका आदिवासी समुदायको भाषा संस्कृति राज्यसत्ताको भाषा संस्कृतिभन्दा पृथक् रहेको बताए । प्रधानमन्त्री दाहालले भने–‘विश्वभरि करोडौं आदिवासीहरू छन्, नेपालमा करिब १ करोड २० लाख आदिवासी–जनजातिहरू छन् । हालसम्म ६० आदिवासी–जनजाति समुदायहरू सूचीकृत भएको र तिनीहरूको आ—आफ्ना भाषा—संस्कृति रहेको, ती सबै राज्यसत्ताको भाषा, संस्कृतिभन्दा पृथक् छन् । नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको छ । यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात गर्न जरूरी छ, ।’

6 1
प्रधानमन्त्री दाहालले संविधानले आदिवासीको अधिकार र कानुन निर्माणका लागि आदिवासी जनजाति आयोगको व्यवस्था गरेको भन्दै आयोगले आदिवासीको संस्कार, संस्कृति र भाषाको पहिचान, आदिवासी जनजातिको अधिकार संरक्षण र सम्वर्द्धनका लागि पहरेदारको भूमिका खेल्ने काम गरिरहेको बताए ।

8

4

10 1
तस्बिरहरु : प्रधानमन्त्री कार्यालयको सचिवालय

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित