सीआइबीले सुन तस्करी प्रकरणको अनुसन्धान सुरु ग¥यो

  • प्रकाशित मितिः साउन २२, २०८०
  • 611 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, साउन २२–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यसका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान बढाएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यो प्रकरणमा राजस्व अनुसन्धान विभागले २० दिनसम्म अनुसन्धान गरेर साउन २१ गते सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहे पनि साउन २२ गतेदेखि भने सीआईबीले औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो । राजस्व अनुसन्धान विभागको अनुसन्धानमा एसपी कृष्ण पंगेनी पनि संलग्न थिए । सीआइबीको अनुसन्धनमा पनि पंगेनीलाई सहयोग गर्न खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित