खोटाङ बजारस्थित इलाका प्रशासनले सेवा प्रवाह सुरु ग¥यो

  • प्रकाशित मितिः श्रावण २२, २०८०
  • 224 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २२–जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण लगायतका सेवा प्रवाह सुरु भएको छ । असार २६ गतेदेखि बन्द इलाका नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण सिफारिस लगायतका सेवा साउन २१ गतेदेखि सुरु भएको हो ।
गृह मन्त्रालयले नायव सुब्बा मोहनबहादुर राईलाई कायम मुकायम अधिकार दिएपछि सेवा सुरु भएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । असार २६ गतेसम्म पनि नासु राई नै थिए त्यस दिनदेखि कायम मुकायम अवधि सकिएपछि सेवा बन्द भएको थियो ।
दक्षिणी क्षेत्रका खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गरी तीन गाउँपालिकाका सेवाग्राही मारमा परेका थिए । सेवा बन्द भएपछि टुवाखोलादेखि दक्षिणका २१ वडाका सेवाग्राहीलाई मार परेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित