डेंगु नियन्त्रण गर्न दिक्तेलमा लामखुट्टेको लार्भा मारियो

  • प्रकाशित मितिः श्रावण १९, २०८०
  • 313 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्न सुरु गरिएको छ । जिल्लामा डेगुका विरामी बढ्न थालेपछि रोकथाम गर्न लार्भा खोजेर नष्ट गर्न सुरु गरिएको हो । जिल्लामा पाँच जना डेंगुको विरामी पुष्टि भएको छ ।

9
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल हलेसी गुल्मको संयुक्त आयोजनामा साउन १९ गते लार्भा नष्ट गर्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाअध्यक्ष दिनेश घिमिरेले बताए । दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको हो ।

10
डेंगु भाइरसद्वारा संक्रमति एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी–बजार क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । वर्षाको पानी जन्मे जथाभावी फालेका बोतल, प्लाष्टिक तथा टिनका भाँडाहरु, गमला, पानीका टं्याकी लगायतमा यसले फुल पार्ने गर्दछ । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । दिउँसै टोक्न लामुखुट्टेले डेंगु सार्ने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ ।

6

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित