मापदण्ड नपुगेका, पठनपाठनमा समस्या देखिएका र शैक्षिक गुणस्तर खस्किएका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छानिने
खोटाङ — शैक्षिक गुणस्तर सुधार्न भन्दै मझुवागढी नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने भएको छ । कतिपय विद्यालयमा मापदण्ड नपुगेका प्रधानाध्यापक रहेको, पठनपाठनमा समस्या देखिएको, शैक्षिक गुणस्तर खस्कँदै गएको र शिक्षालाई थप सुदृढीकरण गर्न भन्दै कार्यरत प्रअलाई हटाएर नयाँ चयन गरिने नगरपालिकाले जनाएको छ ।
योग्य व्यक्तिको छनोट गर्न लामो समयदेखि कार्यरत प्रधानाध्यापकलाई तत्काल काम चलाउका लागि साउन ७ को नगरकार्यपालिका बैठकले निमित्त प्रअका रूपमा जिम्मेवारी दिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । संघीय शिक्षा ऐन, शिक्षा नियमावली र नगरको शिक्षा नियमावलीबमोजिम दक्ष प्रअ नियुक्ति गर्न लागिएको उनले बताए ।
सबै विद्यालयका प्रअको म्याद समाप्त गरेपछि अब नयाँ प्रअ चयनको प्रक्रिया बढाइने भएको छ । शैक्षिक गुणस्तर बढाउन शिक्षासम्बन्धी ऐन कानुनका आधारमा नयाँ प्रअ छनोट प्रक्रिया बढाइने नगरप्रमुख भट्टराईले बताए । उनका अनुसार नगर शिक्षा समिति अध्यक्षको संयोजकत्वमा विज्ञसहितको समितिले प्रअ छनोट गर्ने छ । ‘यसमा कुनै राजनीतिक गन्ध नआउने गरी निष्पक्ष र शिक्षाको गुणस्तर दिन सक्ने योग्य प्रअ छनोट गरिनेछ,’ नगरप्रमुख भट्टराईले भने, ‘स्थायी भएको ५ वर्ष पुगेको नगरभित्र सम्बन्धित तहमा कार्यरत शिक्षकले आवेदन गर्न सक्ने गरी १५ दिनको दरखास्त आह्वान गरेर छनोट प्रक्रिया बढाउँछौं ।’ नगरपालिकाको यो कदमप्रति नगरक्षेत्रभित्रका सबै शिक्षक तथा संघ–संगठन छनोट प्रक्रियालाई ‘पर्खेर हेर’ भन्ने अवस्थामा रहेको दिक्तेलस्थित सरस्वती माविका शिक्षक धनीराम राईले बताए ।
(यो समाचार कान्तिपुरबाट साभार गरिएको हो)
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित