चार कर्मचारीको हाजिरी फायलमा रातो मसी

  • प्रकाशित मितिः श्रावण ११, २०८०
  • 399 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विना जानकारी कार्यालयमा अनुपस्थित कर्मचारीहरुको हाजिरा फायलमा रातो मसी लगाएको छ । कार्यालयलाई जानकारी नगराई अनुपस्थित हुने र कार्यालय समयसम्म नबस्ने ४ जना कर्मचारीको हाजिरी फायलमा साउन ११ गते रातो मसी लगाएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार साउन ११ गते कार्यालयमा अनुपस्थित हुने आन्तरिक लेखा परीक्षक मोहनकुमार भट्टराई, लेखाअधिकृत रामप्रसाद आचार्य, सहलेखापाल नवराज रिजाल र अमिन सुमनकुमार देवको हाजिर फायलमा रातो मसी लगाइएको हो । नगरप्रमुख भट्टराईकाले जनाए अनुसार भट्टराई र आचार्य ४ दिन, देव सात दिन र साउन ११ गते ११ बजेसम्म कार्यालयमा उपस्थित नहुने रिजालको हाजिरा फायलमा रातो लगाइएको हो । ‘कार्यालयमा कर्मचारी नहुने जनगुनासो आएप्छि यसो गरिएको हो ।’–भट्टराईले भने–‘कार्यालयलाई व्यवस्थित, अनुसासित र मर्यादित बनाउन बिना जानकारी कार्यालय नआउने र कार्यालय छोडेर हिड्ने कर्मचारीको हाजिरी फायलमा रातोमसी लगाइएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित