खोटाङबजारको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राहीलाई मार

  • प्रकाशित मितिः श्रावण ११, २०८०
  • 260 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ११–खोटाङबजारको इलाका प्रशासन कार्यालयले असार २६ गतेदेखि नागरिकता वितरण लगायतका सेवा प्रवह बन्द गर्दा सेवाग्राहीलाई मार परेका छन् । गृह मन्त्रालयले शाखा अधिकृतको व्यवस्था नगर्दा नागरिक्ता वितरण, दलित, जनजाति प्रमाणीकरण सिफारिस लगायतका सेवा प्रवाह बन्द हुँदा दक्षिणी क्षेत्रका तीन गाउँपालिकाका सर्वसाधारण मारमा परेका हुन् ।
खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईका अनुसार गृह मन्त्रालयले नायव सुब्बा मोहनबहादुर राईलाई असार २६ गतेसम्मको छ महिनाको अवधिका लागि कायममुकायम जिम्मेवारी दिएर खटाए पनि म्याद थप नहुदा खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकाका सेवाग्राही मारमा परेका हुन् । सेवा प्रवाह बन्द भएपछि टुवाखोलादेखि दक्षिणका २१ वडाका सेवाग्राहीलाई मार परेको राईको भनाई छ । सेवा प्रवाहका लागि गृह मन्त्रालयमा पहल भइरहेको समेत राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित