रुपाकोट क्षेत्रको जग्गा व्यक्तिको नाममा

  • प्रकाशित मितिः पुष २७, २०७५
  • 1114 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, पुस २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटन क्ष्ँेत्र रुपाकोटक्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको छ । नगरपालिकाले पर्यापर्यटन विकासका लागि योजना निर्माणको पूर्वसन्ध्यामा व्यक्तिको नाममा जग्गा भएको खुलासा भएको हो ।
नगरपालिकाले खटाएको नापी विभागका कर्मचारीको विवरण अनुसार रुपाकोटको केन्द्र आसपास व्यक्तिले जग्गा दर्ता गरेको पाइएको छ । हालै गरिएको सर्वेक्षणमा दिक्तेलस्थित लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहान सहित झण्डै करिब ८० रोपनी भन्दा बढी जग्गा दर्ता भएको पाइएको छ । उनीहरुको नाममा भएको कित्ता नं ४४९ मा २५ रोपनी छ आना एक पैसा एक दाम, कित्ता नं ४५० मा २४ रोपनी पा“च आचा दुई पैसा र कित्ता नं ४५१ मा २८ रोपनी १३ आना एक पैसा दुई दाम जग्गा दर्ता भएको पाइएको छ । उक्त जगगा २०६६ साल साउन २ गते व्यक्तिको नाममा आएको देखिन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रुपाकोट क्षेत्रको पर्यापर्यटन विकासका लागि गुरुयोजना निर्माणको तयारी गरेको छ । यसका लागि गत नगरपरिषदले नीतिगत योजना समेत पारित गरेको छ ।
उक्त जग्गा बाहेक अन्य पनि दर्ताका लागि कित्ता काट गरेको पाइएको छ । यद्यपि दर्ता भने नदेखिएको नगरपालिकाले जनाएको छ । यसका लागि अझ विस्तृत अध्ययन आवश्यक रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
उक्त जग्गा कसरी दर्ता भयो भन्ने बारे समेत अध्ययन गरिने नगरप्मुख रिजालले सुनाए । ‘वैधानिक वा अवैधानिक भन्ने बारे अध्ययन गरिन्छ ।’ नगरप्रमुख रिजाले भने–‘त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ रिजालले भने–‘पर्यापर्यटनका लागि गुरुयोजना बनाइने भएकाले जग्गाबारे कुनै निर्णय हुन सक्ने छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित