नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २३–खोटाङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषित भएको छ । जिल्लाभरका पाँच वर्षमुनिका सबै बालबालिकाले सबै प्रकारका खोप लिइसकेपछि संविधानसभा सदस्य दुर्गाजयन्ती राईले असार २३ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेकी हुन् ।
पाँच वर्षमुनिका १६ हजार पाँच सय पाँच जना बालबालिकाले सबै प्रकारका सखोप लगाइसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । यसमध्ये एक वर्षमुनिका तीन हजार दुई सय ४४ जना र दुई वर्षमुनिका छ हजार चार सय ९२ जना बालबालिकाले सबै प्रकारका खोप लिएको सिग्देलले सुनाए ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुयाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, रावाबेसी गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ लगायतको सहभागिता थियो ।
खोप अभियान सम्पन्न गर्नका लागि विशेष भूमिका निर्वाह गर्ने स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई प्रसंशापत्र प्रदान गरिएको थियो । कार्यक्रममा शुभम् फाउण्डेसनका बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित