घर–घरमा पीडित भेट्दै प्रहरी

  • प्रकाशित मितिः असार ३, २०८०
  • 199 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–२०७४ साउन ४ गते हत्या गरिएकी जन्तेढङु्गा गाउँपालिका–३ काहुलेकी देवीमायाँ विश्वकर्माका श्रीमान मानबहादुर विश्वकर्मा न्याय माग्दा–माग्दै थाकी सकेका थिए । प्रहरी प्रशासनमा पटक–पटक न्यायको माग गर्दा समेत हत्यारा पत्ता नलागेपछि हार खाइसकेका उनलाई असार १ गते घरैमा प्रहरी आएर घटनाबारे जानकारी लिएपछि हत्यारा पत्ता लाग्छ कि भन्ने आशा जागेको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजु निरौलाको टोलीले न्याय कुरिरहेका पीडितलाई भेटेपछि पीडा हल्का भएको मानबहादुर विश्वकर्माले बताए । ‘घरमै आएर बिलौना सुनिदेला भन्ने लागेको थिएन ।’ उनले भने–‘आएर दुःखेसो सुनिदिनुभयो यसैमा खुसी लागेको छ ।’

vrtghat photo
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेकी हिंसा पीडित ४० वर्षीया सानिका राईलाई पनि घरमै प्रहरी आएर अवस्था बुझिदिएपछि खुसी लगोको छ । स्थानीय किसन राईद्वारा २०७८ साउन १३ गते अभद्र व्यवहारबाट पीडित भएकी थिइन् । पीडक राई तत्काल पक्राउपछि २०७८ भदौ १ गतेदेखि जेल जीवन बिताइरहेका छन् । जिल्ला अदालत खोटाङको फैसला अनुसार तीन वर्ष कैद, तीस हजार जरिवाना, ५ लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो । पीडक छुटेपछि थप पीडित हुन सक्ने भन्दै प्रहरीसमक्ष शान्ति सुरक्षाको समेत माग गरेकी हलेसी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले बताए । यो घटनामा न्यायलयले आफूले सोचेजस्तो न्याय नदिएको भन्दै उच्च अदालत ओखलढङु्गामा थप न्यायको माग गरेको समेत प्रहरीसमक्ष उनले बताएकी छन् ।
सौतेनी आमाद्वारा पीडित भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की १६ वर्षीया बालिकालाई भेटेर उनको अवस्थाबारे पनि प्रहरी जानकारी लिएको छ । गत माघ २४ गते सौतेनी आमाद्वारा निर्मम कुटपिटपछि घाइते भएकी बालिकालाई प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँ सहित प्रहरी नायव उपरीक्षक मन्जिल मकारुङले भेट गरी उनको अवस्थाबारे जानकारी लिएका हुन् । भेटको क्रममा पीडकलाई २५ दिनसम्म कैद, पाँच हजार जरिवाना र ३० हजार क्षतिपूर्ति तथा पीडित राहत कोषमा दई सय रुपैयाँ जम्मा गर्ने जिल्ला अदालत खोटाङले बैशाख १७ फैसला गरेको पीडितलाई जानकारी गराएको प्रहरी नायव उपरीक्ष्ँक मुकारुङले बताए ।

vetghat photo1
जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको पीडित पुनः भेटघाट कार्यक्रम अन्तरगत पीडितको अवस्था बझ्न घर–घर पुगेका हुन् । यो अवसरमा सुक्रबार ३४ पीडितलाई भेटघाट गरेको मुकारुङले सुनाए । घटनाको बेलामा मात्र पीडितलाई भेटघाट हुने र त्यसपछि भेट नहुने भएकाले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको स्वीकृति लिएर यो कार्यक्रम सुरु गरिएको मुकारुङले बताए ।
यस अवसरमा पीडितले कानुनी लडाईमा भोग्नु परेको समस्या, सुझाव, सल्लाह, कानुनले न्याय दिए पनि उनीहरुमा परेको मानसिक तथा शारीरिक असरको बारेमा समेत जानकारी लिन यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । यसका लागि जिल्लाको दश पालिकामा ११ जना पीडित सम्पर्क अधिकृत खटाइएको मुकारुङले सुनाए । अपराध पीडित संरक्षण ऐन २०७५ पीडितको मौलिक हकलाई सुनिश्चित गराउँदै पीडितलाई सुरक्षा तथा संरक्षण, क्षतिपुर्ति लगायको न्याय दिलाउँन यो कार्यक्रम सञ्चालन गरिएको मुकारुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित