सुहाङको जित : बुवा कि एमालेको विरासत ?

  • प्रकाशित मितिः वैशाख 18, 2081
  • 690 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
इलाम, बैशाख १८–इलाम क्षेत्र नं २ को उपनिर्वाचन भए पनि मुलुकका राजनीतिक शक्ति केन्द्रहरूको प्रतिष्ठाको लडाइँमा पूर्वसभाभुख तथा एमालेका तत्कालीन उपनेता स्वर्गीय सुवासचन्द्र नेम्बाङपुत्र सुहाङ नेम्वाङले विजय हासिल गरेका छन् । सुवाश नेम्वाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ रिक्त पदमा भएको निर्वाचनमा २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको २१ हजार ९ सय ४२ मत आएको छ । पहिचानपक्षधरहरूको साझा उम्मेद्वार डकेन्द्रसिं थेगिम लिम्बुले ११ हजार ४ सय ५७ मत पाएका छन् भने गृहमन्त्री रवि लामिछानेका पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्हाङ लिम्बुले ५ हजार ५० मत ल्याएका छन् ।

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले ८ सय १६, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४ सय ८, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४ सय ४, नेपाली जनता दलका रेशमबहादुर सुनारले २ सय ६, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले १ सय १८, अर्का स्वतन्त्र अर्जुनबहादुर शाहीले ५५, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहले २४, अन्य स्वतन्त्रबाट उठेकाहरू दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२, राज बश्याल ६ र योगेन्द्र गुरुङले ४ मत पाएका छन् ।

पाएको मतलाई हेर्दा सुहाङले भन्दा पराजित हुनेहरू मत बढी छ । पराजित हुनेको कुल मत ४० हजार ६ सय १३ छ । इलामेली जनताले बढी भरोसा गरेको सुहाङले पराजित हुनेहरूको मतभारलाई समेत मध्यनजर गर्नु पर्ने हुन्छ । पहिचानको पक्षमा अनुदार देखिएका सुवाश नेम्वाङको विरासत भन्दा पनि इलामेली जनताको मतलाई सम्मान गर्दै काम गर्नु नै सुहाङको जिम्मेवारी हो । नत्र उनीमाथि लागेको ‘नवयुवराज’ आरोप सावित हुनेछ ।

तस्बिर साभार : इकान्तिपुर

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित