खोटेहाङ गाउँपालिकाले सातौं वार्षिक उत्सव मनायो

  • प्रकाशित मितिः बैशाख १५, २०८१
  • 418 पटक पढिएको
  • संवादताता

दिनेश चाम्लिङ–
खोटेहाङ(खोटाङ) बैशाख १५–खोटेहाङ गाउँपालिकाले बैशाख १५ गते सातौं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा विभिन्न विधामा विशेष योगदान पु¥याउनेलाई गाउँपालिकाले पुरस्कृत गरेको छ ।
३६ जना किसान, ३८ शिक्षक, ११ विद्यार्थी, ५ विद्यालय, ५ प्रधानाध्यापक, ५ विद्यालय व्यवस्थापन समिति, ९ विद्यालय कर्मचारी, ४ गाउँपालिका कर्मचारी, २ स्वास्थ्यकर्मी र २ उपभोक्ता समिति पुरस्कृत भएका छन् । उनीहरूमध्ये किसानलाई प्रतिव्यक्ति २० हजार, शिक्षक, विद्यार्थी, विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, विद्यालय कर्मचारी, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मीलाई ६ हजार ६ सय ७० रूपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । उपभोक्ता समितिलाई १३ हजार तीन सय ३५ रूपैयाँका दरले पुरस्कृत गरिएको अध्यक्ष राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित