स्थानीय तहका महिला कार्यपालिका सदस्यहरुलाई शि–लिड्सको प्रशिक्षण

  • प्रकाशित मितिः बैशाख १५, २०८१
  • 96 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १५–दलित महिला केन्द्र नेपालद्धारा आयोजि शि–लिड्स परियोजना अन्र्तगत खोटाङ जिल्लाको दुुई स्थानमा स्थानीय तहमा निर्वाचित कार्यपालिकाका महिला सदस्यहरुलाई एडभान्स मोड्युल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा परियोजनाको पहिलोचरणको प्रशिक्षण सम्पन्न भएको हो ।
परियोजना अन्र्तगतको पहिलो चरणमा निर्वाचन र राजनीतिमा महिला विरुद्ध हुने हिंसा, सुशासन र समावेशीताको सवाल, जलवायु परिर्वतनलाई सम्बोधन गर्ने समावेशी कार्यहरु लागयतको विषयमा प्रशिक्षित गरिएको हो । गत बैशाख ८ गतेदेखि ९ गतेसम्म खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा भएको तालिलमा दिप्रुुङ चुुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँकार्यपालिकाका महिला सदस्यहरुलाई तालिममा सहभागी गराइएको थियो ।
यस्तै बैशाख १३ गतेदेखि १५ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ वटा स्थानीय तहका महिला कार्यपालिका सदस्यहरुलाई तालिम दिइएको शि–लिड्स परियोजनाका जिल्ला संयोजक मिलन चाहारले बताए । दिक्तेल बजारमा आयोजित तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिका, हलेसी तुवाचुुङ नगरकार्यपालिका, रावावेसी गाउँकार्यपालिका, ऐसेलुखर्क गाउँकार्यपालिका र साकेला गाउँकार्यपालिकाका महिला सदस्यहरु सहभागी रहेका थिए । परियोजना पहिलो चरणको कार्यक्रम अन्तरगत जिल्लामा २९ जना महिला कार्यपालिका सदस्यहरुलाई तालिम दिइएको हो ।
स्थानीय तहको सरकारमा महिला कार्यपालिका सदस्यहरुले खेलेको भूमिका, पुर्याएको योगदान र आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा दिइएको प्रशिक्षण तथा छलफलको सहजीकरण संविधानसभा सदस्य दुुर्गाजयन्ती राई र सहजकर्ता देवेन्द्र राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित