भोजपुरमा बोलेर दुर्घटना हुदा दुई जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख १७, २०८१
  • 86 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
भोजपुर, बैशाख १७–भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा बैशाख १७ गते बिहान साडे ९ बजेतिर को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आमचौकको बालङ्खाबाट पारकुवा गएको बोलेरो गन्तव्यमा पुगेपछि पार्किङ गर्न घुमाउने क्रममा दुर्घटना हुदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै र आमचोक गाउँपालिका–१० कै २६ वर्षीया शान्ति राईको उपचारमा लैजादै गर्दा मृत्यु भएको आमचौक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए ।
घाइतलाई उपचारका लागि धरानस्थित वीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको राईले सुनाए । घाइतेको अवस्था पनि गम्भिर रहेको तर विस्तृत विवरण भने आइनसकेको राईले जनाए । उक्त गाडीमा चालक सहित १४ जना सवार रहेको घटनास्थल पुगेकी गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित