‘गौचरण बनेको एयरपोर्टमा छिट्टै नै जहाज आउँछ’ : मन्त्री सुदन किराती

  • प्रकाशित मितिः जेठ २५, २०८०
  • 334 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २५–संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीले गौचरणमा परिणत भएको एयरपोर्टहरुमा छिट्टै नै जहाज आउँने बताएका छन् । विभिन्न कार्यक्रममा खोटाङ आएका किरातीले जहाज अभावका कारण देशभरका २२ वटा एअरपोर्ट गौरणमा परिणत भएको र छिट्टै नै जहाज खरिद गरेर सञ्चालन गरिने बताएका हुन् ।
मनमायाँ राई खानीडाडाँ, लामीडाडाँ लगायत देशभरका २२ वटा विमानस्थलहरु गौचरणमा परिणत भएको र तीन वटा जहाज खरिद गरेपछि बन्द एअरपोर्टहरु सञ्चालन गरिने बताएका हुन् । अहिले पहाडी जिल्लाहरुमा एउटा टुइनेटर जहाज सञ्चालनमा रहेको र एउटा बिग्रिएर थन्किएकाले सेवा दिन नसकिएको मन्त्री राईले बताए । अब छिट्टै नै तीन वटा जहाज खरिद गर्ने, एउटा मर्मत गरेपछि पाँच वटा भएपछि गौचरण भइसकेका एअरपोर्टहरुमा जहाज सञ्चालन गरिने किरातीले बताए । जहाज नभएर देशभरका २२ वटा एयरपोर्टहरु बन्द भएको किरातीले बताए । अब तीन वटा नयाँ जहाज खरिद, एउटा मर्मत र सञ्चालनमा रहेको एउटा गरी पाँच वटा जहाज भएपछि एकै जना सुत्केरी लिन भए पनि जहाज आउँने किरातीले दाबी गरे ।
पाँच वटा टुइनेटर जहाज चालु आवस्थामा भएपछि दुई वटा पश्चिममा, एउटा विराटनगरमा र एउटा काठमाडौंमा राखेर सेवा दिने किरातीले बताए । तर जहाज खरिद गर्नै नदिन चलखेल सुरु भएको किरातीले दाबी गरे । धमिजा काण्ड, लाउडा काण्डदेखि भ्रष्ट्राचारले चुर्लुम्म भएकाले नेपाल वायु सेवा ऋणै–ऋणमा चुर्लुम्म डुबेकोे उनको भनाई थियो । तर पनि चार महिनाको अवधिका ऋण तिर्न सुरु गरिएको उनले बताए । ठूलो नेपाली ध्वजा बाहक विमानले फाइदा कमाउँने र त्यसबाट सानो जहाज सञ्चालन गर्ने समेत किरातीले जनाए ।
मन्त्री किरातीले जेठ २४ गते बेलुकी पुख्यौली थलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा लाफेहँछा बङशावली विमोचन, बिहीबार विहान दिक्तेल बजारमा अग्नि नियन्त्रण यन्त्र उद्घाटन र किरात ऐतिहासिक थलो तुवाचुङ जायजुममा यो वर्षको उभौली साकेला सिलीको मैझारो कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन् । यसअवधिमा मझुवागढी, हलेसी लगायतमा योजनाहरु पारेकाले त्यसको कार्यान्वयनमा पनि स्थानीयको सक्रिय सहभागी रहनु पर्ने किरातीले सुझाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित