राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङले पहिलो स्थानमा कब्जा जमायो

  • प्रकाशित मितिः पुष 15, 2075
  • 213 पटक पढिएको
  • संवादताता

सविना अछामे-
याङ्सिला (मोरङ), पुस १५–मोरङको याङ्सिलामा आइतबार सम्पन्न राष्ट्रिय सुरक्षा सेवा दल तालिममा खोटाङको सरस्वती माविले पहिलो स्थान हासिल गरेको छ ।
महिला फुटबल, महिला दौड, बेष्ट विद्यार्थी गरी तीन वटा शिल्ड कब्जा जमाएको हो । त्यस्तै पुरुष फुटबलमा पनि सरस्वती माविकै विद्यार्थीले स्थान पक्का गरेका छन् । योसंगै सरस्वती माविले अन्य विद्यालयका सहभागीलाई पछाडि पार्दै पहिलो स्थान कब्जा जमाएको हो ।
त्यस्तै पञ्च माविले पनि पुरुष भलिबल प्रथम, पुरुष दौड दोश्रो स्थान हासिल गरेको छ । खोटाङका दुई विद्यालयका ६८ विद्यार्थी सहभागी भएका भएका थिए । गत मङ्सिर २४ गतेदेखि सुरु तालिममा सरस्वती माविका १७ छात्रा, १७ छात्र तथा पञ्च माविको १७ छात्रा र १७ छात्र सहित ६८ जना विद्यार्थी सहभागी भएका हुन् ।
उक्त तालिममा विभिन्न १५ विद्यालयका पा“च सय २३ जना विद्यार्थी सहभागी भएका थिए । उक्त तालिम आगामी पुस १५ गते समापन हुने छ । उक्त तालिममा तेह«थुमको कालिका मावि, पा“चथरको नया“ नमुना मावि र विद्या बरदान इङ्लिस बोर्डिङ स्कुल, खोटाङको सरस्वती मावि र पञ्च मावि, अर्घाखा“चीको ज्योति मावि र भगवती मावि, सप्तरीको जनता मावि र महावीर मावि, इलामको भगवती मावि, झापाको सहिद मावि, लिटिलफ्वावर इङ्लिस स्कुल, विरेन्द्र मावि र काडकभिट्टा मावि, इलामको प्रज्ञा सदन एजुकेशनल अङ्ग्रेजी माविका विद्यार्थी सहभागी थिए । देशभर यो वर्ष सात हजार सात सय जना सहभागी भएको श्रोतले जनाएको छ । याङ्सिला बाहेक महोत्तरीको किसान नगर, नवलपरासीको हात्तीखोर, बाकेको कोहलपुरमा पनि यो तालिम भएको आयोजकले जनाएको छ । याङ्सिलाको तालिम समापनको प्रमुख अतिथि सैनिक तालिम तथा दकट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी गौरव तण्डुल थिए ।
विद्यार्थीहरुको क्षमता विकास गर्न तालिम आयोजना गरिदै आएको छ । यो तालिमले अनुशासन, समय पालन, सामुहिक कार्यमा क्रियाशील हुने अपेक्षा गरिएको छ । २०२२ सालदेखि उपत्यकाबाट सुरु भएको यो तालिम अहिले देशभर सुरु भएको छ । उक्त तालिममा जिल्लाबाट निरन्तर तीन वर्षदेखि सहभागी हुदै आएको छ । यसअघि दिक्तेलको दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयका विद्यार्थी समेत सहभागी भएका थिए । तीन वर्षअघिको सहभागितामा दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयका विद्यार्थी तालिमकै अब्बल घोषित भएको थियो । देशभर यो तालिम लिनेको संख्या ३८ हजार एक सय १६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित