गाउँ–गाउँमा संघर्ष समिति गठन

  • प्रकाशित मितिः वैशाख 19, 2080
  • 1157 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १९–कोसी प्रदेश विरुद्धको आन्दोलन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बकसमणि राईको संयोजकत्वमा ५१ सदस्यीय संयुक्त संघर्ष समिति गठन भएको छ । गाउँ–गाउँमा कोसी प्रदेश विरुद्ध आन्दोलन गर्दै पहिचानको पक्षमा जनचेतना जगाउँने उद्देश्यले सुरु गरिएको अभियान अन्तरगत बैशाख १९ गते उक्त समिति गठन गरिएको हो ।

344815534_915281456423115_8449704224769942153_n
गाउँ–गाउँबाट आन्दोलनलाई बलसाली बनाउँन समिति निर्माण गरिएको संयुक्त संघर्ष समितिका सचिव एलबी मगरले बताए । मगरको उपस्थ्तििमा उक्त समिति गठन भएको हो । पहिचान पक्षधरहरुले बैशाख १८ गते प्रदेश खानेपानी तथा सिंचाइ डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटिएको थियो भने बैशाख १३ गते दिक्तेलमा आयोजित जुलुसले जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित