कोसी प्रदेशको पक्षधर सांसद तथा मन्त्रीहरुलाई जिल्ला प्रवेश नगर्न किरात राई यायोक्खाको आग्रह

  • प्रकाशित मितिः चैत्र २०, २०७९
  • 462 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २०– किरात राई यायोक्खा खोटाङले कोसी प्रदेशको पक्षघर प्रदेश सांसद तथा मन्त्रीहरुलाई जिल्ला प्रवेश नगर्न आग्रह गरेको छ । प्रदेश सांसद तथा मन्त्रीहरुले खोटाङमा प्रवेश गरेर औपचारिक कार्यक्रममा सहभागी नहुन चैत २० गते विज्ञप्ती मार्फत आग्रह गरेको हो ।
यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातद्वारा जारी विज्ञप्तीमा कोसी प्रदेशको नामाङ्कनपछि प्रदेशभरि नै सांसद तथा मन्त्रीहरुलाई बहिस्कार गर्ने अभियान चलिरहेकाले जिल्ला प्रवेश गर्दा हुन सक्ने परिस्थितिको गाम्भिर्यतालाई ध्यान दिन आग्रह गरिएको छ । उक्त परिस्थितिलाई ध्यान नदिई जिल्ला प्रवेश गरे अभद्र व्यवहार भए त्यसको जिम्मेवार स्वयम्ले लिनु पर्ने उल्लेख छ । किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरु समेत कोसी प्रदेशको पक्षमा उभिने मन्त्री तथा सांसदहरुको पछि लागेको उनीहरुलाई समेत जिल्ला प्रवेशमा रोक लगाइएको किरातले बताए । चैत १८ गते भएको जिल्लास्थित पहिचान पक्षधरहरुको भेलाले उक्त निर्णय गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित