नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १–जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क गर्भवती जाँच कार्यक्रममा अनियमितता भएको छ । गर्भवतीहरुको रगत, भिडियो एक्सरे लगायतका सम्पूर्ण जाँच निःशुल्क गर्नु पर्नेमा शुल्क लिएर जाँच गरिएको तर रकम भने खर्च गरिएपछि अनियमितता खुलको हो ।
गत साउनदेखि सुरु हुनु पर्ने निःशुल्क गर्भवती जाँच कार्यक्रमै नगरी आठ लाख रुपैयाँ निकासा भएको छ । अस्पताललाई प्रदेश सरकारले दश लाख उपलब्ध गराएको मध्ये उक्त रकम खर्च गरिएको हो । तत्कालीन निमित्त प्रमुख ल्याव असिष्टेण्ड विमल देवले काठमाडौंस्थित एमआरएस सप्लायर्सको नाममा खर्च गरेको पाइएको अस्पताल श्रोतले जनाएको छ । यसमा संलग्नले अनियमित तरिकाले खर्च गरिएको रकम फिर्ता गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
गर्भवतीहरुको रगत, भिडियो एक्सरे लगायतका सम्पूर्ण जाँच निःशुल्क गर्नु पर्नेमा फागुन २ गतेसम्म शुल्क लिएर जा“च गरिएको थियो । फागुन २ गते अस्पताल व्यवस्थापन समितिको बैठक राखेर निःशुल्क गर्भवती जाँच सुरु गरिएको अस्पतालका प्रमुख डाक्टर दिपेश परियारले बताए ।
योे लगायतका अन्य हिसाब–किताब पनि हेर्ने गरी छानविन समिति समेत गठन गरिएको छ । अस्पतालमा आर्थिक अनियमितताको गुनासो आएपछि जिल्ला अस्पताल व्यवस्थापन समिति खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा चैत १ गते बसेको बैठकले कुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय छानविन समिति समेत निर्माण गरिएको हो । छानविन समितिले छानविन गरी दोषी ठहरिए कारबाहीको सिफारिससम्म गर्ने गरी एक महिनाभित्र छानविन रिपोर्ट पेश गर्ने राईले बताए ।
बैठकले ५० बेडको अस्पताल भवन अन्तिम चरणमा पुगेकाले अस्पताल आवासगृह माग गर्ने, मृगौलाको डायलासिस सेवाका लागि आवश्यक पहल गर्ने लगायतको समेत निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित