नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २८–कोसी प्रदेश खारेज र किरात प्रदेशको नामाङ्कन गर्नु पर्ने माग गर्दै आन्दोलनकारीहरुले फागुन २८ गते खोटाङ बन्द गराएका छन् । यातायात, शैक्षिक संस्थाहरु, पसल, बैंक तथा वित्तीय संस्थाहरु लगायत बिहानैदेखि बन्द गराएका हुन् ।
दिक्तेलको किरात चौकमा विहान ४ बजेदेखि नै प्रदर्शन गरिरहेका छन् । मध्यपहाडी लोकमार्ग लगायतका अन्य सडकमा यातायात अबरुद्ध पारेका छन् । माल बाहक तथा निजी सवारी साधन नियन्त्रणमा लिएका छन् । अल्छेढुङ्गामा टायर जलाएर प्रदर्शन गरिरहेका छन् । बजारका पसलहरु बन्द भएपछि उपभोक्तालाई मार परेको छ । एम्बुलेन्स्, विरामी बोकेको अटो, दूध र प्रेसको सवारी साधनलाई चल्न दिएको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्बा शेर्पाले बताए ।
शनिबार साझ पनि मलाल जुलुस प्रदर्शन गरेका थिए । आन्दोलनमा जनता समाजवादी पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदबु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ खाम्बातिम, किरात साम्पाङ राई जुम्लेखा, दुमी राई फन्सिकिम लगायतले ऐक्यबद्धता जनाएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । किरात प्रदेश नभइन्जेलसम्म आन्दोलन जारी राख्ने आन्दोलनमा सहभागी एलबी मगरले बताए । कोसी प्रदेशको खारेजको माग गर्दै फागुन २८ गते प्रदेशभर प्रदर्शन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित