नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २७–कोसी प्रदेश खारेज गरी किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै दिक्तेलमा फागुन २७ गते साझ मसाल जुलुस प्रदर्शन गरिएको छ । पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोसी प्रदेश राखिएकाले त्यसलाई खारेज गरी किरात प्रदेश नामाङ्कन गर्नु पर्ने माग राख्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
दिक्तेलको बेसक्याम्पदेखि निकालेको जुलुस किरात चौक पुगेर समापन भएको थियो । कोणसभालाई संवोधन गर्दै डा. केके राईले पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोसी प्रदेश नाम राखिएकाले उक्त कोसी प्रदेश नाम खारेज गरी किरात प्रदेश नामाङ्कन नभइन्जेलसम्म आन्दोलन जारी रहने बताए । कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ खोटाङका उपाध्यक्ष एलबी मगरले पनि संवोधन गरेका थिए । आन्दोलनमा जनता समाजवादी पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदबु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ खाम्बातिम, किरात साम्पाङ राई जुम्लेखा, दुमी राई फन्सिकिम लगायतले ऐक्यबद्धता जनाएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । उनीहरुले फागुन २८ गते बन्दको आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित