नमस्ते खोटाङ संवाददाता
केपिलासगढी(खोटाङ), असार १७–स्थानीय विद्युत उत्पादनले छ महिनाभित्र केपिलासगढी गाउ“पालिका उज्यालो हुने भएको छ । रावाखोला जलविद्युत आयोजना आगामी माघसम्ममा सम्पन्न भएपछि उक्त पालिका उज्यालो हुने भएको हो ।
करिब ५३ करोड रुपैया“को लागतमा तीन मेगावट क्ष्ँमताको विद्युत आयोजना निर्माणाधीन अवस्थामा छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रमोटर लगानी ३० प्रतिशतमा विद्युत उत्पादन हुन लागेको हो । यसमध्येबाट स्थानीय समुदायका लागि १० प्रतिशत शेयर खुल्ला गरिने आयोजना प्रबन्धक मुक्तिनाथ तिम्सिनाले बताए ।
उक्त विद्युत आयोजना आगामी माघभित्र सकिने आयोजना प्रबन्धक तिम्सिनाले सुनाए । तिम्सिनाका अनुसार उत्पादित विद्युत.केपिलासगढी गाउ“पालिकाका सबैलाई पुग्नका साथै नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिने छ ।
विद्युत आयोजनामा स्थानीयले रोजगारी पाउने तिम्सिनाको भनाई छ । ‘अहिले डेढ दुई सय कामदारले काम पाएका छन् ।’ आयोजना सम्पन्नपछि करिब २०–२५ जनाले रोजगारी पाउने छन् ।’
यो विद्युत उत्पादनपछि खोटाङ पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने छ । केन्द्रीय प्रसारण लाइनले अपुग करिब दुई मेगावट विद्युत यो आयोजनाले पूरा हुने विद्युत प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–नेकपा ए�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–पाँच वर�... ... ...
सर्लाही, असोज १३—सर्लाही सदरमुकाम मलंगवामा दुई �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १३–नेकपा म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–खोटेहा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित