प्रदेश सांसदहरुलाई बहिस्कार गर्ने चेतावनी

  • प्रकाशित मितिः फाल्गुन १८, २०७९
  • 534 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १८–कोसी प्रदेशको विरुद्ध आन्दोलन उत्रिएकाहरुले खोटाङका प्रदेश सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् । खोटाङ क का प्रदेशसभा सदस्य पाँचकर्ण राई र खोटाङ ख का प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायतका पहिचान पक्षधरहरुको फागुन १८ गते भएको भेलाले प्रदेश सांसदहरुलाई खोटाङ प्रवेशमा रोक तथा विभिन्न कार्यक्रमहरुमा निषेध गर्ने निर्णय गरेको हो । कोसी प्रदेशको पक्षमा उभिएका कांग्रेस, एमाले, माओवादी पार्टी कार्यालयहरुमा कालो झण्डा राख्ने कार्यक्रम विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् । उक्त भेलाले रविन खम्बुको नेतृत्वमा संघर्ष परिचालन समिति समेत गठन गरिएको छ ।

photo
कोसी प्रदेश नामाङकनको विरोधमा किरात राई यायोक्खाको चक्का जाम :
कोसी प्रदेश नामाङकनको विरोधमा फागुन १८ गते खोटाङमा चक्का जाम गरिएको छ । किरात राई यायोक्खाको आह्वानमा बिहान ११ बजेदेखि एक घण्टा चक्का जाम गरिएको हो ।
पहिचान पक्षधरहरुको मागलाई निषेध गरी कोसी प्रदेश नामाङ्कन गरिएकाले आन्दोलन गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले बताए । चक्का जामपछि प्रमुख जिल्ला अधिकारी सूर्य सेडाई“ मार्फत प्रदेश मुख्यमन्त्री हिकमत कार्कीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । कोसी प्रदेशलाई खारेज गरी पहिचानको आधारमा किरात प्रदेश नाम राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको किरातीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित