‘कोसी प्रदेश’ नामाङ्कनको विरोधमा प्रदेश १ मुख्यमन्त्रीको पुत्ला दहन

  • प्रकाशित मितिः फाल्गुन १७, २०७९
  • 390 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १७–प्रदेश १ को नाम कोसी प्रदेश नामाङकनको विरोधमा मुख्यमन्त्री हिकमत कार्की लगायतको पुत्ला दहन भएको छ । फागुन १७ गते साझ जिल्ला प्रशासन परिसरमा मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको पुत्ला दहन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा खोटाङको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा माओवादी केन्द्रका युवाहरु बढी देखिन्थे । कोसी प्रदेश खारेज गर, किरात प्रदेश जिन्दावाद लगायतका नाराबाजी गर्दै प्रशासन परिसरमा पुत्ला दहन गरेका थिए । नेतृत्वले पहिचानको मुद्दा छाडेकाले आन्दोलित हुन परेको माओवादी युवा नेता रविन खम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित