सविना अछामे–
खोटाङ, फागुन ११–दिक्तेलमा फागुन २४ र २५ गते मृगौलासम्बन्धी शिविर सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय मृगौला दिवसको अवसर पारेर मृगौला रोगसम्बन्धी शिविर सञ्चालन गरिने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय खोटाङ र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा शिविर सञ्चालन हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उक्त शिविर दिक्तेलस्थित सरस्वती माविमा हुने छ । फागुन २४ गते बिहान ८ बजे उद्घाटन हुने छ ।
शिविरमा मृगौला प्रत्यारोपण केन्द्र वनस्थली काठमाडौंको संस्थापक नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले समेत उपस्थित हुने छ । उनकै नेतृत्वमा आएको टोलीले मृगौला रोग सम्बन्धी चेकजा“च गरिने भट्टराईले बताए । नगरपालिकाको सबै वडाका प्रत्येकको घरमा पुगेर एक वर्षभित्र नगरका सबै नागरिककको मृगौला चेक जा“च गर्ने कार्ययोजना बनाइएको नगरप्रमुख भट्टराईले बताए ।
नगरप्रमुख भट्टराईको अध्यक्षतामा फागुन ११ गते भएको जिल्लाका राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरु सहभागी बैठकले शिविरमा जिल्लाका सबै पालिका प्रमुख, जिल्ला अस्पतालका १० वटै शाखा प्रमुख तथा ७९ वडाका स्वास्थ्य शाखा प्रमुखहरुलाई समेत उपस्थित गराउने निणर्य गरिएको नगर स्वास्थ्य शाखा प्रमुख मोहन राउतले बताए । बैठकमा कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, एमाले जिल्ला सचिव कुमार आचार्य, माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राई लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित