नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३–साकेला गाउँपालिकाले बृद्ध–बृद्धा तथा अपाङ्गता भएकाहरुलाई निशुल्क रुपमा विमा कार्ड वितरण गरेको छ । स्वास्थ्यमा पहुँच विस्तार गर्न निशुल्क विमा कार्ड वितरण गरेको हो ।
७० वर्ष माथिका चार सय सात जना जेष्ठ नागरिक र २१ जना पूर्ण अपाङ्गता भएकाहरुलाई निःशुल्क स्वास्थ्य विमा कार्ड उपलब्ध गराइएको उक्त गाउँपालिका सामाजिक विकास शाखाका डिएम चाम्लिङले बताए । स्वास्थ्य विमा भएकाहरुले स्वास्थ्य विमा कार्यक्रम लागू भएका अस्पतालहरुबाट एक लाख रुपैयाँसम्म औषधि उपचारमा छुट हुने गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । पूर्ण अपाङ्गता भएका नागरिकहरुको हकमा एकाघरका अन्य सदस्यहरुको पनि निशुल्क स्वास्थ्य विमा गरिने राईले जनाए ।
उक्त विमा कार्ड बाँझेच्यानडाडाँको सेखुवा, बाँझे र डाडाँगाउँमा वितरण गरिएको हो । विमा कार्ड वितरण सहित वडा कार्यालयसम्म आएर मालपोत तिर्न नसकेकाहरुलाई टोलमै सुविधा दिइएको राईले सुनाए ।
गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक रीता ढकालका अनुसार वडा नं १ बाँझेच्यानडाडाँका एक सय दुई जना जेष्ठ नागरिक र चार जना पूर्णअपाङ्गता, वडा नं २ रतन्छाका एक सय तीन जना जेष्ठ नागरिक र पाँच जना पूर्णअपाङ्गता, वडा नं ३ खिदिमाका २६ जना जेष्ठ नागरिक र तीन जना पूर्णअपाङ्गता, वडा नं ४ मात्तिमका ९८ जना जेष्ठ नागरिक र चार जना पूर्णअपाङ्गता भएका तथा वडा नं. ५ मात्तिमबिर्ताका ७८ जना जेष्ठ नागरिक र ५ जना पूर्णअपाङ्गता भएकाहरुले निशुल्क स्वास्थ्य विमा गरिएको छ ।
तस्बिर सौजन्य ः डिएम चाम्लिङ
प्रतिक्रिया दिनुहोस
सविना अछामे खोटाङ, चैत ६–प्रभु बैंक दिक्तेल शाखा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १–जिल्ला अस... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २८–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित