नेकपा माओवादी केन्द्रले २८ औं जनयुद्ध दिवस मनायो

  • प्रकाशित मितिः फाल्गुन १, २०७९
  • 334 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–नेकपा माओवादी केन्द्र खोटाङले २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला समन्वय समिति खोटाङका सभा हलमा फागुन १ गते शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी मनाएको हो ।

setu bk
कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष टंक राई, नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राई लगायतले बोलेका थिए । माओवादी विद्यार्थी संगठनले पनि त्रिवेणीचौकमा दीपावली गरेर दिवस मनाएको छ ।

hari roka
यसैबीच माओवादी केन्द्रबाट विजयी स्थानीय जनप्रतिनिधिहरुका लागि कार्यशाला समेत आयोजना गरिएको छ । नेता टंक राई, विश्लेषक हरि रोका, वरिष्ठ पत्रकार भवानी बराल लगायतले फागुन १ गतेदेखि ३ गतेसम्म प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित