नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–साकेला गाउँपालिका–५ मात्तिमविर्तास्थित निर्माणाधीन स्वास्थ्य चौकी भवन सुरु भएको सात वर्षमा पनि अझै सकिएको छैन । २०७४ सालमै सक्नु पर्ने भवन अझै अपूरै रहेको हो ।
करिब दुई करोड १६ लाख ५९ हजार छ सय ७० रुपैयाँको लागतमा २०७४ कात्तिक २० गतेभित्र सक्ने गरी युएस नाना जेभीले २०७२ कात्तिक २० गते संझौता भएको थियो । तर पटक–पटक म्याद थप गर्दै काम भने नगरेको वडाअध्यक्ष जीवन न्यौपानेले बताए । उनका अनुसार छ पटकसम्म म्याद थप गरिएको छ । पहिलो पटक २०७५ बैशाख २१ गते, दोश्रो पटक २०७५ माघ २९, तेश्रो पटक २०७७ असार ३१, चौथो पटक २०७७ पुस मसान्त, पाँचौ पटक २०७८ चैत ३० र छैटौ पटक २०७९ पुसमसान्तसम्मका लागि थपिएको न्यौपानेले बताए ।
पटक–पटक म्याद थप गरिए पनि भवनको भित्री भागको धेरै कामहरु बाँकी नै रहेको न्यौपानको भनाई छ । झ्यालको सिसा, भित्री भागको रङ–रोगन, ट्वाइलेट–बाथरुममा धाराहरु, बर्थिङ सेन्टरको बेसिन, टायल बिछ्याउँन लगायतका काम बाँकी छन् । यसबाहेक रिटेनिङवाल, ग्याबिनवाल लगायतका काम पनि बाँकी नै रहेको न्यौपानेले बताए ।
निर्माण सकिएको काम पनि गुणस्तरहीन भएको न्यौपानेको भनाई छ । सिलिङबाट पानी चुहिने भएकाले समस्या देखा परेको छ । यसबारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको र उनले मर्मत गर्ने बताएको न्यौपानेले सुनाए ।
बेलामा काम नसक्दा उपचारमा समस्या आएको छ । स्वास्थ्य चौकीमा दिने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तिकरण समूहको भवनबाट दिइरहेको न्यौपानेले सुनाए । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, उनले पनि स्थानीय सन्दोष राईलाई काम लगाएको र उनीहरु बीच लेनदेनको विषयमा समस्या देखिएकाले यो समस्या आएको निर्माण कम्पनी सम्बद्ध रमेश श्रेष्ठले बताए । भट्टले पनि लेनदेनको विषयमा समस्या आएकाले काम गर्न बाधा आएको बताए । काम गर्ने वातावरण भए दश–पन्ध्र दिनमा सकिने भट्टले सुनाए । कामदारको पैसा नै नदिएकाले यो समस्या आएको जानकारी आएको न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित