सविना अछामे–
खोटाङ, पुस २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँस्थित जनजागृति माध्यमिक विद्यालयले प्रदेश १ भित्रको उत्कृष्ट माध्यमिक विद्यालयको पुरस्कार पाएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममा जिल्लाबाट सहभागी विद्यालयहरु मध्ये उत्कृष्ट व्यवस्थापन भएको सफल सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भएको हो ।
पुस २० गते बिराटनगरस्थित इस्टर्न स्टार होटलमा मन्त्रालयले १४ लाख ५० हजार नगदका साथमा ट्रफी र सम्मान पत्र प्रदान गरेको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, सामाजिक विकास मन्त्री राजन राईले विद्यालयको प्रबन्ध निर्देशक सूर्य राई र प्रधानाध्यापक सविता ढकाललाई पुरस्कार प्रदान गरेका हुन् ।
उक्त विद्यालयमा शुभद«ा मदन फाउनडेसनको सहयोगमा २०७२ सालदेखि वैकल्पिक शिक्षा अभियानको रुपमा जीवन उपयोगी शिक्षा सञ्चालन गर्दै आएको छ । उक्त विद्यालय पूर्ण आवाशीय विद्यालयको रुपमा सञ्चालित छ । कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारका सरलीकरण गरेर पढ्दै र त्यसलाई व्यवहारमा उर्तादै आएको छ ।
नेपालकै नमुना विद्यालयको रुपमा स्थापित भइरहेको उक्त विद्यालयमा हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका एक सय ५० बढी विद्यार्थीहरु पूर्ण आवाशीय रुपमा बसेर शैद्घान्तिक र प्रयोगात्मक अध्ययन अनुसन्धान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित