सविना अछामे–
खोटाङ, पुस १४–अनगिन्ती सपनाहरु बोकेर पढ्न आएकी सर्मिला माझी अहिले दिक्तेलस्थित सरस्वती माविको कक्षा ११ मा अध्ययनरत छन् । उक्त विद्यालयमा सर्मिला र अर्का सुजन माझी पनि अध्ययनरत छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाटकी सर्मिलाको (निजामती सेवामा) सरकारी जागिरे हुने सपना छ । आर्थिक अवस्था कमजोर हुनका साथै एकल आमा ५२ वर्षीया दुर्गामायाँले पढाई खर्च धान्न नसक्लिन कि भन्नेमा बढी चिन्ता छ । बाबु पञ्चबहादुरको २०७८ असार १८ गते जन्डिजले निधन भएपछि परिवारमा बेचैन छ । यो अवस्थासम्म आइपुग्दा दाइ (बडाबाउका छोरा)ले सहयोग गरेको उनी बताउँछन् । ‘पढ्ने त भनेको तर पढाउँन सक्नु हुन्छ कि हुन्न ।’ उनले भनिन्–‘पढाई खर्च भएन भने पनि आर्मी चाहिँ हुने चाहना छ ।’
पञ्चकौशिका मावि भण्डारेघाटबाट २०७८ मा एसइइ उतीर्ण गरेर दिक्तेल आएकी हुन् । उनले शिक्षाशास्त्र संकायमा अध्ययन गरिरहेकी छन् । पढाईका साथै लोकसेवाको समेत तयारी गर्ने उनको योजना छ । उनी चार दिदी–बहिनीमध्ये कान्छी छोरी हुन् । माझी समुदायमा पढेलेखेकाहरु कम भएकाले दाइ(बडाबाका छोरा)हरुले हौसला दिने गरेको उनी सुनाउँछन् । ‘हाम्रो समुदायमा पढेलेखेकाहरु कम छन्, त्यसैले तिमीले राम्रो पढ्नु पर्छ भन्नुहुन्छ दाइहरु ।’ उनले भनिन्–‘त्यही भएर पनि झनै पढ्न मन लाग्छ ।’
उनका बाबुले खेती तथा बाख्रा पालन गर्थे । बाबुको निधनपछि पनि खेती र बाख्रा पालन गर्दै आएको बताउँछन् । अहिलेको मुख्य आम्दानी भनेको बाख्रा पालन नै हो । यसैबाट घर गर्जो टर्ने गरेको उनको भनाई छ । बाख्रा पालनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले तीस हजार अनुदान दिएको उनले बताइन् ।
उनको गाउँमा १२ घर माझी समुदायको बसोबास छ । अहिलेसम्म गाउँका कोही पनि उच्च शिक्षा तथा उच्च ओहदामा पुग्ने व्यक्ति नभएकाले आफूले मेहनेत गरेको बताइन् । ‘हाम्रो गाउँमा उच्च शिक्षा र उच्च पदमा पुगेकाहरु देखेकी छैन् ।’ उनले सुनाइन्–‘त्यसैले पनि दुःख गरेर पढ्न मन लाग्छ ।’
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँका सुजन माझी पनि दिक्तेलको सरस्वती माविमै पढ्छन् । मालिकादेवी मावि कदुवाबाट २०७८ मा एसइइ उतीर्ण गरेर दिक्तेल आएका हुन् । उनको गाउँमा छ घर र जयराममा दुई घर माझी समुदाय बस्छन् । यसमध्ये काकी शिक्षक पेशामा र दाइ नेपाल आर्मीमा बाहेक अन्य निजामती सेवामा छैनन् । त्यही भएर निजामती सेवामा कम्तिमा अधिकृत हुने उनको सपना छ । तीन छोरा एक छोरीमध्ये कान्छा छोरा हुन उनी । ६१ वर्षीय बुवा भीमबहादुरले आरा काटेर आफूलाई पढाइरहेको सुजन बताउँछन् । बाजे बराजुकै पालादेखि नै खेती किसानी गर्दै आएका हुन् । ८० वर्षीय बाजे ऐतेबहादुर अझै खेती किसानी नै गर्छन् । घरको दुःख सम्झेर पढाइमा ध्यान दिइरहेको उनको भनाई छ । उनको पढाई पनि तेजिलो छ । मालिकादेवी माविमा अध्ययन गरिन्जेल प्रथम भएको उनले बताए । अहिले सरस्वती माविमा कक्षा ११ मा शिक्षा संकायमा अध्ययरत छन् ।
सरस्वती माविमा १५ सय ६० मध्ये राम्रा विद्यार्थीमा पर्छन् दुबै जना । झण्डै छ दसकअघि २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा माझी समुदायबाट पढ्न आएका उनीहरु नै पहिलो विद्यार्थी हुन् । उनीहरुको पढाई पनि अब्बल भएकाले भविष्य पनि राम्रो हुने विद्यालयका शिक्षक शिवहरि ढकालको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित