नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ८–सगरमाथा लोकमार्ग अन्तरगत दुई प्याकेजको ठेक्का रद्द भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अ“धेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पुस ८ गते रद्द भएको हो ।
गाइघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले सूचना जारी गरी खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर)कालोपत्रेको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीसंग ठेक्का रद्द गरेका हुन् । करिब ५५ करोड ८७ लाख रुपैया“को लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते संझौता गरे पनि काम अपूरै राखेकाले ठेक्का तोडिएको खकुरेलले बताए ।
उदयपुरको अ“धेरीखोला–फोक्सिङटार खण्डको ठेक्का पनि तोडिएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब ११ करोड १७ लाखको लागतमा २०७८ चैत २८ गते सक्ने गरी २०७५ भदौ १४ गते संझोता गरेको थियो । पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले सुनाए ।
गाईघाट–दिक्तेल सडक अन्तरगकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकको काम पनि ढिलासुस्ती छ । करिब ४६ करोड ८७ रुपैया“को लागतमा २०७७ असार २९ गते सक्ने गरी २०७३ असार २० गते सम्झौता भएको थियो । फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताए । तर काम भने यो अवधिसम्म सकिने खालको देखिदैन ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित