नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–बङ्सिलाघाटस्थित सुनकोसी नदीमा पक्की पुल सिलान्यास गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ र खोटाङको बराहापोखरी गाउ“पालिका–५ पौवासेरा जोड्ने उक्त पुलको परराष्ट्रमन्त्री डा. नारायण खड्काले पुस १ गते सिलान्यास गरेका हुन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई–बेल्टार–विरेन्द्रबजार–छुइला–बङ्सिलाघाट–चिसापानी–दिक्तेल सडक खण्डमा पर्ने उक्त पुलको काम कालिका–भेडान्सी जेभी निर्माण कम्पनीले लिएको हो । करिब १९ करोड १८ लाख ४१ हजार चार सय रुपैया“को लागतमा ३३ महिनामा सक्ने गरी उक्त कम्पनीले गत मङ्सिर १ गते संझौता गरेको हो । सिलान्यास कार्यक्रममा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जामन्त्री रामकुमार राई, प्रदेशसभा सदस्य भूपेन्द्र राई, राजन किरातीले लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित