सविना अछामे–
खोटाङ, मङ्सिर १८–पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत गृहमन्त्री समक्ष मङ्सिर १८ गते ज्ञापन पत्र बुझाइएको छ । समाचार लेखेकै आधारमा पत्रकार राईलाई साइबर क्राइममा झुटो मुद्दा दायर गरी पक्राउ गरिएको भन्दै विना शर्त रिहाइको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहमार्फत ज्ञापन बुझाएका हुन् । ज्ञापन पत्रमा ‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नु पर्नेमा साइबर क्राइममा झुटो मुद्दा चलाइएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित पारिएकाले उनीमाथि लगाइएको मुद्दा खारेज गरी विना शर्त रिहाइ गर्न गृहमन्त्री समक्ष जोडदार माग गर्दछ ।’
यसअघि पनि पत्रकार राईको रिहाइको माग गर्दै बगरेभन्ज्याङस्थित पेन टावरबाट आन्दोलन सुरु भएको घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित