स्कुलको पनि मित ?

  • प्रकाशित मितिः मंसिर १८, २०७५
  • 1808 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १८–धेरैलाई लाग्न सक्छ मानिस–मानिस बीचमा मात्र मितेरी साइनो हुन्छ । तर अब विद्यालय–विद्यालय बीचमा पनि मितेरी साइनो सुरु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र विराटनगर महानगरपालिका–१३ स्थित मोडर्न एरा बोर्डिङ स्कुलबीच मित लगाएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सोमबार मित लगाइएको हो ।
विद्यालयको गुणस्तर सुधार, भौतिक पूर्वाधार, शिक्षकको ज्ञान सिप आदान–आदान प्रदान तथा विकास, विद्यार्थी तथा अभिभावकहरुको क्षमता विकास गर्न मित लगाइएको जालपा माविका प्रअ तेजबहादुर राईले बताए । परम्परा अनुसार मित लगाएर एक आपसमा सम्वन्ध गाढा बनाएर दुबै विद्यालयको गुणस्तर सुधार गर्ने राईले सुनाए ।
जालपा माविले कठुवा र ठेकी तथा मोडर्न एरा बोर्डिङ स्कुलले खेल सामग्री साटा–साट गरेर मित लगाएको हो । मितको बचन स्थानीय शिक्षाप्रेमी प्रतिमान राई र विक्रमणि राईले बोलेका थिए । मितेरी कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोडर्न एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रासद घिमिरेले छ बुदे मितेरी सम्वन्ध संझौतामा हस्ताक्षर समेत गरेका छन् ।
उक्त संझौतामा दुबै विद्यालयले आवश्यकता अनुसार शिक्षण सिकाइ क्रियाकलापमा परस्पर सुधार गर्न विद्यार्थी, शिक्षक, अभिभावक बीच विद्यालयको परस्पर भ्रमण गरी विचार आदान–प्रदान गर्ने, शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षक तथा अभिभावकको क्षमता विकास गर्न कार्यशाला तथा गोष्ठी सञ्चालन गर्न र कक्षा कोठामा विद्यार्थीको सिकाइ अभिबृ िगर्न आ–आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने गराउ“ने, मितेरी सम्वन्ध कायम गरी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सकिन्छ भनि निरन्तर बहस तथा पैरवी गर्दै जाने, मितेरी सम्बन्ध भएका दुबै विद्यालयको भौतिक तथा गुणस्तर बृद्धिका लागि एक–आपसमा सहयोग आदान–प्रदान गर्ने, दुबै विद्यालयको पहलमा साझा उद्देश्यहरु पूरा गर्न आवश्यक आर्थिक भौतिक तथा मानवीय श्रोतको खोजी गर्ने, अन्य आवश्यक कार्यहरु दोहोरो सहमतिको आधारमा गर्दै जाने लगायतका बु“दामा हस्ताक्षर भएको हो । संझौताको रोहबरमा मन्त्री घिमिरे, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिका प्रमुख दीपनारायण रिजालले हस्ताक्षर गरेका छन् ।
मितेरी कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्री घिमिरेले दुई विद्यालयको मितेरी नाताले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालयको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । यसका लागि जालपा माविका लागि २५ लाख रुपैया“ प्रदेश सरकारले उपलब्ध गराउ“ने समेत मन्त्री घिमिरेले बचन दिए ।
पूर्व सांसद टंक राईले मितेरी परम्परालाई संस्थागत विकासका लागि पनि उपयोग गर्न यस्तो गरिएको बताए । मितेरी साइनो गाढा हुने भएकाले विद्यालय सुधारका लागि पनि उपयोगी हुने राईले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख रिजाल, स्थानीय शिक्षाप्रेमी जयश्वर राई लगायतले दुई विद्यालयबीचको नाता गाढा हुनुका साथै यसले विद्यालयको गुणस्तर सुधारमा समेत उल्लेख्य भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । कार्यक्रममा शिक्षा महाशाखाका प्रमुख सूर्य उप्रेती, विराटनगर प्याप्सनका अध्यक्ष इन्द्र राई लगायतको समेत उपस्थिति थियो ।
प्रदेश सरकारले मितेरी कार्यक्रममा दुई मित विद्यालयलाई एक थान ल्यापटप उपलब्ध गराएको छ । उक्त ल्यापटप जापला माविलाई दिइएको प्रअ राईले सुनाए । मोडर्न एरा बोर्डिङका प्रिन्सिपल घिमिरेले मित विद्यालय जालपा माविलाई एक लाख रुपैया“ उपलब्ध गराउने बचन दिएका छन् । विभिन्न निकायको अनुगमनमा खोटाङ आएका मन्त्री घिमिरेले जालपाकै ज्योति माविलाई दश लाख दिने घोषणा गरेका छन् । घिमिरेले मङ्गलबार बिहान ज्योति मावि निरीक्षणका क्रममा प्रदेश सरकारले दश लाख रुपैया“ दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित