साकेलामा सञ्चालन गरिएको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ४८३ जनाले सेवा पाए

  • प्रकाशित मितिः आश्विन १२, २०७९
  • 398 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १२–साकेला गाउ“पालिकामा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा पाएका छन् । दसैंको बेला अशक्त तथा बृद्धबृद्धालाई सहज बनाउ“ने उद्देश्यले उक्त पालिकाको सबै वडामा केन्द्र बनाएर शिविर सञ्चालन गरेको हो ।
नेपाल नेपाल एसबिआई बैंकमा खाता भएका लाभग्राहीका लागि बैंकले वडा–वडामै रकम वितरण गरेको हो । गाउ“पालिका र बैंकको संयुक्त आयोजना असोज ४ देखि ११ गतेसम्म शिविर सञ्चालन गरिएको हो ।

2 1

शिविरको पहिलो दिन असोज ४ गते उक्त पालिकाको वडा नं ५ मात्तिमविर्ताका ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, दोश्रो दिन असोज ५ गते उक्त गाउ“पालिकाको वडा नं १ बा“झेच्यानडाडा“मा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, तेश्रो दिन असोज ६ गते उक्त वडाकै डाडा“गाउ“मा सञ्चालन गरिएको शिविरमा ७८ जना लाभग्राहीलाई १० लाख २५ हजार, असोज ७ गते वडा नं. २ रतन्छामा सञ्चालन गरिएको शिविरमा एक सय दश जना लाभग्राहीलाई १४ लाख ९२ हजार रुपैंया वितरण गरिएको बैंकका प्रवन्धक असिम इङ्नाम लिम्वुले बताए ।

4
त्यस्तै असोज ९ गते वडा नं. ४ मात्तिममा सञ्चालन गरिएको शिविरमा ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते वडा नं. ३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार गरी ६६ लाख ७२ हजार ३ सय रुपैंया रकम भुक्तानी गरिएको प्रबन्धक लिम्वुलेले सुनाए । शिविरमा गाउ“पालिकाका र बैंकका कर्मचारीहरु खटिएको साकेला गाउ“पालिका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चाम्लिङले बताए ।

5

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित