नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–भोजपुर रामप्रसाद राई गाउ“पालिका–६ बासीखोरेका लोकन्द्र विश्वकर्माको पेसा काठबाट भाडा बनाउ“ने (चदरा) हो । उनी सानैदेखि यसै पेशामा तल्लिन छन् । यही पेशाले गर्दा पढ्न नपाएको उनी बताउ“छन् । ‘मेरो सबैथोक यही पेशा हो, स्कुल–सिस्कुल, पढाई–सढाई सबै यत्ति हो ।’
सानैमा हुदा दाजु आनन्द विश्वकर्माले सिकाएका यो सीप अहिले निल्नु न ओकल्नु भएको छ उनलाई । ‘छाडौं शीपको नाममा जानेकै यत्ति, नछाडौं बुढेसकाल भैसक्यो ।’ उनी भन्छन्–‘नुत–तेल खाने मेसै यसैबाट छ ।’ यसबाहेक बालबालिकाको पढाई खर्च पनि यसैबाट भरथेग हुने उनी बताउ“छन् । उनका दुई छोरी, दुई छोराको पढाई खर्च समेत यसैबाट चलेको बताउ“छन् ।
उनका अनुसार दिनभरि काम गर्दा करिब दुई हजार चौबीस सय जति पैसा हुन्छ । एउटा ठेकी बनाए वापत प्रति पाथी छ सय रुपैया“का दरले २४ सय हुने उनले सुनाए । यसबाहेक कठुवा, पत्र ठेकी लगायतको प्रति गोटा तीन सय ५० रुपैया“मा बनाउ“ने गरेका छन् । पह“ले, दार, ला“कुरी लगायतका काठबाट उनले सामाग्री बनाउ“ने गरेका छन् । तर सामग्री बनाउ“नअघि काठको तयारी गर्दै मुस्किल हुने उनको अनुभव सुनाए । ‘काठ बनाउ“दा, भा“डीमा राख्दा त्यसैमा समय खर्च हुन्छ ।’ उनले भने–‘भाडीमा राखिसकेपछि भने बनाउ“न साह«ै धेरै लाग्दैन ’–उनले भने ।
उनीको बासीखोरे स्थायी घर भए पनि उदयपुरको बेलका नगरपालिका–५ सुपाडे गलेली बस्छन् । तर चदरा पेशाले उनकालाई त्यहा“ बस्न दिदैन, पहाड उक्लिहाल्छन् । भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, तेह«थुम लगायतका जिल्ला चाहान्छन् अनि त्यहा“का खोलाहरुमा भा“डी थापेर बसिहाल्छन् । खासगरी साउनको अन्तिमदेखि असोजको पहिलोसातासम्म भा“डीमा काठका विभिन्न सामग्री बनाएर पैसा कमाउ“छन् । ‘कहिलेकाहि“ राम्रै पैसा कमाउ“छु, कहिलेका“हि चा“हि भनेजस्तो हुदैन ।’ उनी थप्छन्–‘पचास–साठी हजारदेखि एक लाखसम्म कमाएर घर लग्ने गर्छु ।’
किराती संस्कृति अनुसार काठबाट बनेको कठुवाको बढी माग भएकाले माझ किरात खोटाङमा आइरहन्छन् उनी । सबैको घरमा कठुवा आवश्यक भएकाले यसैमा बढी ध्याउन्न हुन्छ उनको । यसबाहेक तुङ्बा, हर्पे, बटुका लगायतको पनि निक्कै माग बढेको उनी बताउ“छन् ।
यो पेशामा युवा पुस्ता कमै मात्र देखिन्छ । दु्ःखी पेशा भएकाले कसैले पनि नअपनाओस् भन्ने उनको धारणा छ । उनी भन्छन्–‘यो दुःखी पेशा हो, आफन्त कसैले पनि नगरोस् जस्तो लाग्छ ।’
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका हर्क विश्वकर्माको पनि त्यस्तै धारणा छ । तर पुख्र्यौली पेशा भएकाले केही भाइ–छोरालाई सिकाउ“दा समेत चासो नदिएको उनको भनाई छ । खोटाङमै यो शीप जानेका जालपा हर्क विश्वकर्मा, चन्द्र विश्वकर्मा र ओमराज विश्वकर्मा मात्र छन् । उनीहरुमध्ये ओमराज विश्वकर्माले भने उद्योगकै रुपमा विस्तार गर्न खोजिरहेका छन् । खोलामा परम्परागत भा“डी थापेर काम गर्दा भल–पहिरोको जोखिम र सामग्री उत्पादन समेत बढी गर्न सकिने भएकाले आधुनिक औजार प्रयोग गरेर उद्योग विस्तार गर्ने योजना बनाएको उनी बताउ“छन् । तर भनेजस्तो औजार नपाएको उनको भनाई छ ।
उनले उत्पादन गरेको सामग्रीको विक्री केन्द्र दिक्तेलमा सञ्चालन गरेका छन् । यसबाट मासिक २०–२५ हजार कमाई हुने ओमराजको भनाई छ । यसैलाई व्यवस्थित गरेर खुसी जीवन जिउने उनको सपना छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ ९–दुर्गाजयन्ती राई चिर�... ... ...
सविना अछामे–खोटाङ, माघ ९–विद्यार्थी नेता प्रत�... ... ...
सविना अछामे–खोटाङ, माघ ६–माओवादी केन्द्र युवा ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–‘मुन्दु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–दिक्तेल र�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित