सडकले मासियो ठाटी–चौतारा

  • प्रकाशित मितिः आश्विन ४, २०७९
  • 692 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–‘मेघे चौतारो’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित चर्चित चौतारो हो । तत्कालीन जिल्ला पञ्चालयका पूर्व उपसभापति गोकुलमान राईका कान्छो छोरा मेघबहादुर राईको निधनपछि उनैको नाममा बनाइएको थियो । मेघबहादुरको अल्पआयुमै २०१० सालमा निधन भएपछि उक्त चौतारो बनाइएको थियो । यही नामबाट अहिले पनि ‘मेघे चौतारो’ भनिएको हो । तर उक्त चौतारो ग्रामीण सडक बनाउ“दा अन्यत्र सारियो । 

chautaro1

उक्त नगरपालिकाकै वडा नं २ सोल्मा होस्माटोलमा पनि सडक निर्माणले एक सय भन्दा बढी चौतारा ध्वस्त भएका छन् । दिक्तेल–खार्मी–पाथेका सडक खन्दा चौतारो भत्किएको शिला (किताव ढुङ्गा) लेखक स्थानीय ललित राईले बताए । उनका अनुसार ऐतिहासिक चौताराहरु ध्वस्त भएको हो । उक्त ठाउ“मा १८६८ सालदेखिको चौतारो ध्वस्त बनाइदा इतिहास नै सखाप पारिएको राईको भनाई छ । ‘हाम्रा पुर्खाहरुको ऐतिहासिक चौताराहरु ध्वस्त बनाइएको छ ।’ राईले भने–‘हेर्दा सामान्य संरचना भत्काइएका जस्तो लाग्ला तर यो इतिहास नै सखाप पारिएको हो ।’

solma

श्री साके सम्वत पूर्व ३ नम्बर माझ किरात भनेर सुरु गरी तीन पुस्तासम्मको विवरण किताव ढुङ्गामा उल्लेख गरिन्छ । मृतकको नाममा चिर शान्तिको कामना गर्दै आफन्तले चौतारो बनाउ“ने चलन छ । चौतारोसंगै वर–पिपल पनि रोप्ने चलन छ । मध्यकालीन सभ्यतादेखि नै चौतारो बनाउ“न थालिएको बुढापाकाहरुको भनाई छ । ‘मृतकले जीवनभर के काम ग¥यो, जीवनशैली र समाजका लागि गरेको योगदानको फेहरिस्त चौतारोको किताव ढुङ्गामा लेखिन्छ ।’–राईले भने ।

त्यही किताव ढुङ्गा लगायत चौतारो समेत ध्वस्त पारिएकाले इतिहास नामेट गर्ने गरी विकासको नाममा विना गरिएको राईको दाबी छ । यस्ता ऐतिहासिक सम्पदालाई जोगाएर विकास निर्माणको संरचना बनाइनु पर्नेमा उल्टै ध्वस्त गर्ने गरिएकाले यसको जिम्मेवारी स्थानीय सरकार तथा सम्वन्धित पक्षले नै लिनु पर्ने राईको तर्क छ ।

choutara2

आफ्नै कान्छा काका विर्तबहादुर राईको चौतारा पनि सडक बनाउ“न एक्साभेर ध्वस्त पारेपछि मन खिन्न लागेको खोटेहाङ गाउ“पालिका–५ चिप्रिङका डा. विष्णु राईले बताए । यत्ति मात्र नभएर दोश्रो विश्व युद्धमा ज्यान गुमाउ“नेहरुको सम्झनामा बनाइएका अनगिन्ती चौताराहरु समेत ध्वस्त पारिएको राईको गुनासो छ । चौतारोसंगै रोपिएका वर–पिपल पनि ध्वस्त बनाइएको राईको भनाई छ ।

गाउ“का चौतारोहरु मात्र होइन किरातीहरुको इतिहास, संस्कार, संस्कृति समेत ध्वस्त भएको डा. राई बताउ“छन् । यसमा प्राचीन इतिहासलाई पुस्तौं पुस्तासम्म जिवन्त बनाउ“ने माध्यम, सभ्य संस्कृति, परम्परा भएकाले संरक्षण हुनु पर्ने पोखरा युनिभरसिटी मानशास्त्र विषयमा अध्यापन गरिरहेका डा. राईको भनाई छ । ‘चौतारो इतिहास हो, मानव विकास र सभ्यताको बेजोड चिनारी पनि हो ।’ डा. राईले भने–‘यस्तो महत्वपूर्ण सम्पदालाई निर्मम भएर ध्वस्त पारिनु मुर्खता बाहेक अरु केही होइन ।’

alapatra

चौतारो मासिए संस्कार, संस्कृति नै मासिने किरात राई यायोक्खा खोटाङका संस्थापक अध्यक्ष तथा लेखक पर्खनबहादुर राईको ठम्याई छ । चौतारो किराती सभ्यता, संस्कृतिको भब्य धरोहर भएकाले यसको संरक्षण हुनु पर्ने राईको भनाई छ । ‘चौतारो नै मासिएपछि हाम्रो संस्कार, संस्कृति नै सकिन्छ ।’–राईले भने ।

चौतारो मासिए सांस्कृतिक मौलिकता समाप्त हुने मुन्दुमविद भोगीराज चाम्लिङ बताउ“छन् । माझकिरात क्षेत्रमा गैर किरातीहरुले समेत चौतारो संस्कृतिलाई मान्ने भएकाले उनीहरुसंगको सांस्कृतिक भाइचाराको सम्वन्ध पनि सकिने चाम्लिङले बताए । ‘चौतारो सांस्कृतिक मौलिकता हो ।’ चाम्लिङले भने–‘यो मासिसकियो भने हाम्रो सब थोक सकिन्छ ।’

meghe chautaro

जनप्रतिनिधिहरुले नबुझेरै यस्ता संरचना विनास गरेको खोटेहाङ गाउ“पालिका अध्यक्ष उदीमबहादुर राईले बताए । कानुनी रुपमै चौतारो, ठा“टी, कुवा, धारा–प“धेरो, देवी, देवताथानको संरक्षण गर्ने उल्लेख भए पनि अघिल्लो जनप्रतिनिधिहरुले कार्यान्वयन नगरेको राईको दाबी छ । ‘पहिलेको जनप्रतिनिधिहरुले बुझेनन् ।’ राईले भने–‘हामी चाहि“ यस्तो कुरामा खुब होस्ले काम गछौं ।’

जिल्लाका अधिकांश ठाउ“हरुमा सडक निर्माण गर्दा सयौं चौतारोहरु भत्काइएका छन् । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा लगायतका गाउ“पालिकामा पनि सयौं चौताराहरु भत्काइएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित