आशा पलायो

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1186 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १६–मध्यपहाडी लोकमार्गले धार्मिक तथा पर्यटकीय भुलभुलेमा क्षति पुग्ने भएपछि काम बन्द गराइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित धार्मिक तथा पर्यटकीय भुलभुलेलाई निर्माणाधीन मध्यपहाडी लोकमार्गले क्षति पु¥याउ“ने भएपछि त्यसलाई जोगाएर रिस्टामेट गरी त्यस अनुसार सडक बनाउ“न बन्द गराइएको हो । यसले भुलभुले संरक्षण हुनेमा आशा जागेको छ ।
भुलभुलेसंगै जोडिएर मध्यपहाडी लोकमार्ग बन्ने र सडकको चौडाइ बढाउ“ने क्रममा भुलभुले समेत भत्किने भएकाले रिस्टामेट गरी भुलभुले जोगाएर सडक खन्न बन्द गराइएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । भुलभुले नजिकैको भुल्के खोलामा निर्माणाधीन सडक पुल पनि बन्द गराइएको छ । उक्त सडक पुल निर्माणमा एक्साभेटर प्रयोग गरिएको र त्यसको कम्पनले भुलभुलेको पानी सुक्ने सम्भावना बढेकाले बन्द गराइएको भट्टराईले सुनाए । ‘धार्मिक तथा पर्यटकीय भुलभुले जोगाएर रिस्टामेट गरी सडक बनाउ“नका लागि काम बन्द गराइएको हो ।’ भट्टराईले भने–‘सम्पदा नष्ट हुने गरी विकासका काम गर्नु हुन्न ।’ भट्टराईले थपे–‘यसबारेमा सम्वन्धित निकायले ध्यान पु¥याउ“नु पर्छ ।’
सडकले भुलभुले नष्ट हुने भन्दै स्थानीयले संरक्षणको माग गर्दै आएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ का वडा अध्यक्ष माधव राईले भुलभुलेको भविष्य संकटमा पर्ने गरी काम गरिए त्यसको परिणाम राम्रो नहुने आक्रोश पोखे । ‘यसबारेमा सम्वन्धित निकायसम्म ध्यानाकर्षणका लागि नगरपालिकामा लिखित अनुरोध गरिएको छ ।’ राईले भने–‘बेवास्ता गरिए त्यसको परिणाम राम्रो हुन्न ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले पुनःस्टामेट डिजाइन गरेर त्यसअनुसार काम गर्ने गरी बन्द गराइएको बताए । प्राकृतिक सम्पदाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय भुलभुलेको संरचनालाई असर नपर्ने गरी पुनः स्टामेट गरेर त्यसअनुसार काम गर्नका लागि बन्द गराइएको प्रमुख रिजालले सुनाए । ‘प्राकृतिक सम्पदाले भरिपूर्ण भुलभुलेको संरचना नष्ट नहुने गरी पुनःस्टामेट गरेर काम गर्ने गरी बन्द गराइएको छ ।’ प्रमुख रिजालले भने–‘अब केही दिनमै सडक विभागको प्राविधिक टोली आएर त्यो काम सुरु गर्छ ।’ रिजालले थपे–‘भुलभुलेलाई आवश्यक पार्किङ सहितको ठाउ“ राखेर मात्र पुनःस्टामेट गरी त्यसै अनुसार काम गर्नु पर्छ ।’
मध्यपहाडी लोकमार्ग हेर्न इन्जिनियर भरत आचार्यले भुलभुलेको भविष्य संकटमा पर्ने जनचासो आएपछि छलफल भइरहेको बताए । यद्यपि के हुन्छ भन्ने निष्कर्षमा नपुगेको आचार्यले बताए । मध्यपहाडी लोकमार्ग निर्माणले धार्मिक तथा पर्यटकीय भुलभुलेको भविष्य संकटमा पर्ने चौतर्फी गुनासोपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लागयतका टोलीले गत कात्तिक ३० गते भुलभुलेको स्थलगत अनुगमन गरेको थियो ।
भुलभुलेलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब ३५ लाख रुपैया“ खर्च गरेको छ । आजभोलि भुलभुलेमा दिनहु“ डेढ–दुई सयको हाराहारीमा पर्यटक आउने गरेको पूजारी दीर्घराज राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित