जिल्ला अस्पताल खोटाङमा शल्यक्रियाबाट प्रसुति गराउ“न बन्द

  • प्रकाशित मितिः भदौ 26, 2079
  • 1101 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ २६–जिल्ला अस्पताल खोटाङमा शल्याक्रियाबाट प्रसुति गराउ“न बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत कर्मचारी विरामी भएपछि विदामा बसेकाले शल्यक्रियाबाट प्रसुति गराउन बन्द गरिएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल खोटाङले जारी गरेको सूचना अनुसार एनेस्थेसिया सहायक (शल्यक्रिया गर्दा विरामीलाई बेहोस बनाउ“ने कर्मचारी) विरामी भएपछि अनिश्चितकालका लागि शल्यक्रियाबाट प्रसुति गराउ“न बन्द गरिएको जनाएको छ ।
अस्पताल श्रोतका अनुसार २० दिनदेखि एनेस्थेसियाका कर्मचारी नभएको र त्यसअवधिमा अन्यबाटै पा“च जनाको शल्यक्रिया मार्फत प्रसुति गराए पनि म्वन्धित व्यक्ति नहुदा जोखिम हुने भएकाले सेवा बन्द गरिएको हो । कर्मचारी व्यवस्थापन गरेर चाडैनै शल्यक्रिय मार्फत प्रसुति गराइने अस्पतालकी प्रमुख नितु लामाले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित