जसपा प्रदेश मुख्य सचिव प्रभुराम श्रेष्ठले दिएको जिम्मेवारी अस्वीकार

  • प्रकाशित मितिः भदौ 13, 2079
  • 883 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १३–जनता समाजवादी पार्टीका प्रदेश मुख्य सचिव प्रभुराम श्रेष्ठले विधान विपरित आफूहरुलाई जिम्मेवारी दिएको भन्दै त्यसमा मनोनित हुनेहरुले नरहने जनाएका छन् । पार्टीको विधि विधान मिचेर जिल्ला समन्वय समिति बनाएको भन्दै त्यसमा नरहने जनाउ“दै १७ जनाले भदौ १२ गते सामुहिक राजिनामा समेत दिएका छन् ।
राजिनामा दिनेमा जिल्ला सचिवालय सदस्य÷प्रचार प्रसार विभाग प्रमुख रवीन खम्बु, जिल्ला सचिवालय सदस्य तथा केपिलासगढी गाउ“पालिका उपाध्यक्ष गुरुराज राई, जिल्ला सहसचिव बिरेद्र दर्नाल, सचिवालय सदस्य तथा जिल्ला युवा संघ अध्यक्ष गजेन्द्र राई, सचिवालय सदस्य तथा दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष पृथीकुमार राई, सचिवालय सदस्य अरुण राई, अग्निप्रसाद राई डिल्लीराज राई छन् ।
यसैगरी जिल्ला सदस्य सौराज राई, जिल्ला सल्लाहकार समिति सदस्य उत्तम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर युवा अध्यक्ष सुरेन्द्र राई, नन्दराज राई, सुरज राई ओमकार राई, पृथीराज राई, जिल्ला सदस्य मिलन कोयी र नरेश राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित