उहिले एक दिन

  • प्रकाशित मितिः भदौ ३, २०७९
  • 642 पटक पढिएको
  • संवादताता

डा. धनप्रसाद सुवेदी–
'अनि मैले भने“–‘त्यो पैसा थपक्क फिर्ता दिनोस् । म सहायक सरलाई भेट्छु भन्ने खबर लग्दिनोस् ।’ कर्मचारीले अन्कनाउ“दै पैसा फिर्ता दियो र अफिसतिर लाग्यो । म पनि बजैलाई लिएर सिडियो अफिसतिर...'
म खोटाङको उत्तरी क्षेत्रमा गाविस सचिवको जागिरे थिए“ । मैले काम गर्ने गाविसकी एक जना वृद्ध हजुरआमा नागरिकता बनाउ“न (वृद्धभत्ताका लागि चाहिने भएकाले ) सदरमुकाम दिक्तेलमा आइन् । 
मैले सिफारिस र चाहिने कागजात तयार पारेर सिडियो कार्यालयमा पेस गरिदिएँ र आफ्नो काममा हिँडेँ । बेलुका ५ बज्न लाग्दा एउटा ठिटो (हजुरआमाको गाउँले) मलाई खोज्दै आएर भने (फलानी बज्यैले तपाईंलाई खोज्दै छन् ।
के भएछ भनेर म ठिटोको पछि लागेर गए“, ती हजुरआमा सिडियो कार्यालय परिसरको एउटा कुनामा उभिएर थर्थर काम्दै सुर्के थैली उघार्दै रैछिन्, छेउमा एक जना कर्मचारी उभिएको रहेछ, आमैले थैलीको बिचबाट सत्र ठाउ“ बेरेको सय रूपैया“को नोट निकालिन्, त्यो कर्मचारीको हातमा हालिदिइन् । त्यतिबेला उनका आ“खाबाट बरर आ“सु झर्याे, उनले हतार मजेत्रो (मैलो र थोत्रो) ले आँसु पुछिन् । पैसा हात पार्ने कर्मचारी मुसुक्क हा“स्यो । 
पैसा फिर्ता दिउ“ वा नदिउ“ भयो , अलमलमा प¥यो । काम नबन्ने भो कि भनेर आमै चिन्तित बनिन् क्यारे, डराउँदै भनिन् ( लानु सर लानु मेरो नाग्रिता बनाइदिनु । कर्मचारीले मेरो मुख हेर्याे र भन्यो–‘हाफ सायक सरलाई बा“कीको तपै र म हाफ हाफ गरौंला ।’
म पनि कर्मचारी भएकोले उसले त्यसरी भनेको थियो । उसको कुरो सुनेर मलाई उठ्नसम्म रिस उठ्यो । रिसकै बिचमा मलाई ब्रम्हज्ञान प्राप्त भयो ( यो बिचरो तल्लो तहको कर्मचारी । जब हाकिम साबहरूलाई नै ती एक्ली गरिब आमैले कति दुखले सा“चेको पैसा चाहिएको छ भने बिचरो तल्लो दर्जाको कर्मचारीसंग रिसाउनु बेकार छ । 
अनि मैले भने“–‘त्यो पैसा थपक्क फिर्ता दिनोस् । म सहायक सरलाई भेट्छु भन्ने खबर लग्दिनोस् ।’ कर्मचारीले अन्कनाउ“दै पैसा फिर्ता दियो र अफिसतिर लाग्यो । म पनि बजैलाई लिएर सिडियो अफिसतिर लागे“ । हामी अफिसछेउ नपुग्दै नागरिकता फा“टका एक जना कर्मचारी आए र आमैलाई नागरिकता दिए अनि मतिर फर्केर कुटिल हा“सो सहित भने–‘उहा“ तपाईंको मान्छे हुनुहु“दो रछ, बिहानै भन्नु पर्दैन ?’
त्यस दिनदेखि मलाई मेरो पेसाप्रति घृणा लाग्यो । बेलुका घरमा गएर अधिकृतको लोकसेवा पास गर्न भनी किनेका किताबहरू खाटमुनि हु¥याए“ र अर्काे वर्ष जागिरबाट राजिनामा दिए“ ।
 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित