गीत सङ्ग्रह विमोचन

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1119 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १६–साहित्यकार नरेन्द्र निर्विकारको ‘आ“शु झरेकै राम्रो’ गीत संग्रह विमोचन भएको छ । उक्त संग्रह गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले मङ्सिर १५ गते काठमाडौंमा विमोचन गरेका हुन् । संग्रहमा एक सय एक वटा गीत समावेश छन् । 
रावासावा प्राज्ञिक समाजले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा  जसराज किराती, भूपाल राई, सुरेश हा“चेकाली, डा. विष्णु राई लगायतका साहित्यकार लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभासद समिता कार्की लगायत नेताहरु पनि उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित