दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको स्वास्थ्य कार्यक्रममा अनियमितता पुष्टि

  • प्रकाशित मितिः श्रावण २०, २०७९
  • 461 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन २०–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा स्वास्थ्यसम्वन्धी कार्यक्रममा अनियमितता भएको पुष्टि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा मातृ तथा नवजात शिशु कार्यक्रम, औषधी तथा स्यानीटरी प्याड खरिद लगायतका कार्यक्रममा अनियमितता भएको महालेखा परीक्षणको प्रतिवेदनले औल्याएको हो ।
उक्त पालिकामा चार लाख २९ हजार बजेट कामै नगरी फछर्यौट भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले चार लाख २९ हजार सात सय रुपैया“को खर्चको विल भर्पाइ बेगर फच्र्यौट गरेको महालेखाले औल्याएको हो । मन्सुरीले छ लाख ५३ हजार पेश्की लिएकोमध्ये दुई लाख २३ हजार तीन सय रुपैया“ बराबरको मात्र कार्यक्रम गरेको उल्लेख छ । २०७७ असार २७ देखि ३० गतेसम्म नवजात शिशु कार्यक्रमसम्वन्धी समीक्षा गोष्ठी तथा नवजात शिशुलाई घरभेट कार्यक्रम गरी वडामा खटिने स्वास्थ्य कर्मचारीलाई खाना, खाजा खर्च स्टेशनरी, झोला र दैनिक भत्ता उल्लेख गरी पेश्की फछ्यौट गरिएको छ ।
गाउ“पालिकाले २०७७ साल असोज २३ गते यशोधा फर्माबाट सात लाख तीन सय ६० रुपैया“को औषधि खरिद गरेकोमध्ये ५० हजार चार सय ५५ रुपैया“को दाखिला हुन बा“की देखाइएको छ । नौ वटा स्वास्थ्य संस्थालाई औषधि वितरण गरिएको उल्लेख गरिए पनि लेखा परीक्षण समयसम्ममा दुई संस्थाबाट मात्र औषधि पाएको प्रतिवेदनमा उल्लेख छ । कम दाखिला भएको सामग्री सम्वन्धित पक्षसंग ४९ हजार चार सय ५४ रुपैया“ पनि असुल गनुपर्ने महालेखाले औल्याएको छ । स्वास्थ्य संस्थाका प्रमुखसंग मासिक तथा वार्षिक समीक्षासम्वन्धी १२ बैठकमा ९० जना सहभागी भएकामा बढी भुक्तानी भएको दुई लाख छ हजार दुई सय ४० रुपैया“ समेत असुल गर्नु भनि उल्लेख गरेको छ ।
महालेखाले स्यानीटरी प्याड खरिदमा समेत मितव्यायी नभएको औल्याएको छ । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गरिने स्यानीटरी प्याड खरिदमा मितव्यायिता कायम नभएको उल्लेख गरेको छ । अभव इन्टरप्राइजेज सातदोबाटोबाट प्रतिथान ८०.३३ रुपैया“का दरले १५ हजार सात सय आठ थान स्यानीटरी प्याड खरिद गर्दा १२ लाख ६१ हजार आठ सय २४ भुक्तानी दिइएको राष्ट्रियस्तरको समाचारपत्रमा बिक्री मुल्य प्रकाशन गरेको भन्दै एउटै आपूर्तिकर्तासंग सम्पर्क गरी सोझै खरिद गरिएको महालेखाले जनाएको छ । परिचित ब्राण्डको स्यानीटरी प्याड खरिद नगरिएको प्रतिवेदनमा उल्लेख छ । पेश्की लिएर कार्यक्रम नभएपछि आफ्नो नाममा आएको बेरुजु वापत चार लाख ९४ हजार रुपैया“ बुझाइसकेको र बा“की रहेको रकम पनि छिट्टै बुझाउ“ने मन्सुरीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित